स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिन त्रिवि कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आईओएमको कटौती गरिएको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधनका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने सहमतिपत्रमा उल्लेख छ । तर, प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागबारे भने सहमतिमा केही उल्लेख छैन । केसीका सहयोगी डा.जीवन क्षत्रीले सहमतिपत्रमा उल्लेख नभए पनि त्यो माग जीवितै रहेको दाबी गरे ।

‘सर्वोच्चको पछिल्लो आदेशअनुसार छानबिनमा पर्ने भइसकेपछि अब पराजुलीले जिम्मेवारीबाट अलग हुनुपर्छ भन्नेमा डा.केसी अडिग हुनुहुन्छ, हाम्रो भनाइ पनि त्यही हो,’ अन्नपूर्णसँग क्षत्रीले भने ।चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पुनर्बहालीको फैसला गरेको थियो । फैसलालगत्तै डा.केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध कडा टिप्पणी गरेपछि सर्वाेच्चले आकस्मिक पेसीमा डा.केसीलाई पक्राउको आदेश दिएपछि केसी र न्यायालयको विवाद चर्किएको थियो । अनशनस्थलबाटै पक्राउ गरिएका केसीलाई बुधबार सर्वोच्चले तारेखमा रिहा गरेको थियो ।

अनशन तोडाउन योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले र पूर्वउपाध्यक्ष गोविन्द पोखरेल मन्त्री बोहरासँगै त्रिवि शिक्षण अस्पताल गएका थिए ।

सहमतिका बुँदा

- चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने

- डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने

- आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने

- अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने

- पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने

साभारः अन्नपूर्ण पोष्टबाट

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

२८ पुस, रुकुम ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् ।शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको भनार्इ छ । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’,उनले भने, ‘आज र भोलि पनि रहन्छ ।’
न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए ।
साभारः अनलाइन खबरबाट

सोनाम ल्होसार कहिले ? फागुनमा कि माघमा ?

२८ पुस, इटहरी । यो बर्षको सोनाम ल्होसार माघ ४ गते पर्ने नेपाल सरकारको पाञ्चाङ्ग निर्णायक समितिको निर्णय गलत भएको भन्दै नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस वर्षको सोनाम ल्होसार फागुन ४ मा मनाउन संस्थाले आग्रह गरेको छ ।इटहरीमा शुक्रबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि नै माघ ४ गते सोनाम ल्होसार उल्लेख गरेको जनाइएको छ । सरोकारवाला संस्थाले पाञ्चाङ्ग निर्णायक समितिको भ्रममा नपरी फागनु ४ गते सोनाम ल्होसार भव्यताका साथ मनाउन सरोकारवाला संस्थाले भनेका छन् । 
तामाङ सम्बत मञ्जूश्री तत्व कृषि चन्द्र पात्रोको तिथिअनुसार मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख भएको तामाङ घेदुङ प्रादेशिक कार्यसमिति, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जनले बताएका छन् । फागुन ४ गतेको पर्वलाई एक महिना अगाडि नै राखिएको भन्दै तामाङ समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।सरकारले भने माघ ४ र फागुन ४ दुबै दिन बिदाको घोषणा गरेको छ । सरकारी पात्रोमा सोनाम ल्होसारका लागि माघ ४ गते सार्वजनिक विदा घोषणा गरिएको छ भने फागुन ४ गते ग्याल्बो ल्होसारका लागि सरकारी विदा दिइएको छ ।यसैवीच नेपाल तामाङ घेदुङले पाञ्चाङ्ग निर्णायक समितिमा हिन्दु सूर्य पात्रोका जानकार मात्रै नभएर चन्द्र पात्रोका जानकारहरु पनि राख्न माग गरेको प्रदेश कार्यसमितिका पदाधिकारी मणि तितुङ तामाङले पत्रकार सम्मेलनमा बताए ।

साभारः अनलाइन खबरबाट

५ करोड ६० लाख अवैध विदेशी मुद्रासहित एयर होस्टेस पक्राउ

नयाँ दिल्ली

एकजना एयर होस्टेसको साथबाट प्रहरीले करोडौँ मूल्यको विदेशी मुद्रा बरामद गरेको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा खानतलासीका क्रममा प्रहरीले भारी परिमाणमा अवैध विदेशी मुद्रा बरामद गरेको हो ।जेट एयरवेजकी एक एयर होस्टेसको साथबाट करिब ३.५ करोड भारतीय रुपैयाँ (५.६० करोड नेपाली रुपैयाँ) बराबरको विदेशी मुद्रा बरामद गरिएको हो ।भारतीय सुरक्षा संस्था डीआरआईका अधिकारीका अनुसार एयर होस्टेसले खानाको प्याकेटसँगै अल्यूमिनियम फाइलमा ८०हजार अमेरिकी डलर राखेकी थिइन् ।

 

अधिकारीका अनुसार यो पैसा दिल्लीबाट हङकङ जाने जहाजमा राखिएको थियो ।डीआरआईलाई एयरपोर्टमा तैनाथ कर्मचारीसँग मिलेर ठुलो मात्रामा अवैध विदेशी मुद्रा हङकङ लाँदै गरेको सूचना आएको थियो । यसै सूचनापछि डीआरआईले छापा मारेर एयर होस्टेसले खानाको प्याकेटसँगै राखेको ८० हजार अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद गरेको हो ।

साभारः अन्नपूर्ण पोष्टबाट

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावतै रहेको बताएका छन्। उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरूबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेन्डालाई कानुनकै रूपमा राख्न निर्देशन दिएका छन्। हाल उनीहरूबीच आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ। आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रूपमा राख्न उनले आग्रह गरेका हुन्। गत मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको संकेत गरेका थिए।त्यसको प्रतिक्रियापछि राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन्। यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए। उनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नुपर्ने भनी बनाइएको प्रस्तावमा कैयौँ पटकसम्म सरकारी तथा अदालती झमेला खेप्नुपरेको छ।
त्यस्तै उनले मेक्सिकोसँग लगाउने भनेको पर्खालको विषयमा पनि विभिन्न प्रकारका विरोधी टिप्पणी आउने गरेका छन्। यस विषयमा यो असम्भव भन्दै उनको विरोध हुने गरेको छ। तैपनि त्यस विषयमा राष्ट्रपति ट्रम्प भने अडिग छन्। उनले उक्त कार्यक्रम आफ्नो राष्ट्रपतिको निर्वाचनकै एजेन्डा भएकोले गरेरै छोड्ने बताएका छन्। यसैगरी अमेरिकाले आफ्ना नागरिकलाई मेक्सिकोका पाँचवटा राज्यको भ्रमण्म नगर्न आदेश दिएको छ। कोलिमा, गुयर्रेरो, मिचोआकान, सिनालोआला र तामौलिपासलाई अमेरिकाले निकै खतरा भएका क्षेत्र बताएको छ। —एजेन्सी
साभारः अन्नपूर्ण पोष्टबाट

कोरियाली वार्ताप्रति ट्रम्प सकारात्मक

 वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो ऊर्जा दिएको भन्दै सकारात्मक देखिएका छन्। हालै दक्षिण कोरियामा सम्पन्न दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन्। उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रूपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन्। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि मंगलबार पहिलोपटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो।


यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्। उक्त वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ। दुई वर्षपछि भएको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको छ। वार्ता नभाँडियोस् भनी अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास पनि रोकेको छ।बुधबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा उनले भने, ‘वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि वार्तामा नयाँ विषयवस्तुले प्रवेश पाएका छन्। कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो।’ छलफलमा विशेषगरी खेलकुदका विषयमा बढी कुराकानी भएको थियो। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि वार्तामा प्रसंग उठेको बताइएको छ। उक्त वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

राजकुमार र श्रद्धाको ‘स्त्री’

नायिका श्रद्धा कपुरलाई बक्स अफिसमा हिट चलचित्र चाहिएको छ । कारण, लगातार चलचित्र असफल हुँदा श्रद्धालाई घाटा लागेको छ । उनी, ‘बाहुवली २’का चर्चित नायक प्रभाषसँग नयाँ चलचित्र ‘साहो’मा काम गरिरहेकी छिन् । उनै, श्रद्धा अब एक नयाँ चलचित्रमा पनि देखिने भएकी छिन् । उनी र नायक राजकुमार राहोले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘स्त्री’ राखिएको छ । राजकुमारले आफूहरुले नयाँ चलचित्रका लागि नाम पाएको भन्दै ट्विटरमा तस्बिर पोष्ट गरेका छन् ।

यो एक हरर कमेडी चलचित्र हो । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गर्दैछन् । चलचित्रको लेखन राज एन्ड डीकेले लेखेका हुन् । दिनेश भिजन र राज एन्ड डीकेले नै यो चलचित्रको निर्माण गर्दैछन् । यो चलचित्रको बारेमा अन्य कुरा केहि पनि बताइएको छैन । तर, राजकुमार र श्रद्धाले एकसाथ काम गर्न लागेको यो पहिलो चलचित्र हो ।

साभारः अनलाइन खबरबाट

गुल्मीमा सुन्तला उत्पादनमा कमी

२४ पुस, गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी भएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा ३० प्रतिशतले सुन्तला उत्पादन कमी भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले करिब ४० प्रतिशत सुन्तला टिप्न बाँकी रहेतापनि पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि घटेेको हो । जिल्लामा गत वर्ष ३ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।

 

जिल्लामा सुन्तला उत्पादन बृद्धिदर घटनुमा सुन्तला खेत तर्फ किसानहरु आकषिर्त भएपनि व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिचाइँको सुबिधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ । कृषकबाट बगैचा सुढृढिकरण, मल, किटनासक बिषाधि प्रयोग, बिरुवा काटछाट, हावाहुरीका कारण पनि उत्पादन घटेको हो । जिल्लामा उत्पादन सुन्तलाबाट ११ करोड भन्दा बढीको हुनेछ । अघिल्लो वर्षको तुलनामा ५ करोड वढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो । जिल्लामा उत्पादन भएको सुन्तला कृषकले हाल सरदर प्रतिकिलो ५० रुपयाँदेखि ८० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । तर, बजारमा पाइने खुद्रा मूल्य भने १ सय रुपयाँदेखि १३० सम्म प्रतिकिलोको पर्ने गर्छ ।

जिल्लाका प्रायजसो सबै गाविसहरुमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागी व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएका छन् । अन्य गाविसहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्रर्‍याप्त नभएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत भन्दा वढी जिल्लामै खपत भएतापनि त्यो भन्दा बढी जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाडौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागि लगिने गरिन्छ ।

साभारः अनलाइन खबरबाट

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

२४ पुस, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएकाे जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हाे। बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले अनलाइनखबरलाई बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ । सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए । २०७४ पुष २४ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको ढाँचा र सिद्धान्तका विषयमा छलफल गरी त्यसको टुंगो लगाउन एकता संयोजन समितिलाई म्याण्डेट दिने छ’, उनले भने । पार्टी एकतामा ढिलाइ र शंका व्यक्त भइरहेका बेला आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा उनीहरूबीच एकतापछिको कार्यदिशा र संगठन संरचना निर्माणका लागि कार्यदलमार्फत् अघि बढ्ने सहमति भएको छ।

दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ बालकोटमा भएको छलफलमा कार्यदलको गृहकार्यका आधारमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी एजेन्डा तय भएको बैठकपछि प्रचण्डले बताए। भेटमा सोमबार दुवै पार्टीका शीर्ष नेताहरूको आन्तरिक छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। ‘पार्टी एकता प्रक्रिया जुन प्रक्रियामा अगाडि बढेको छ, त्यसलाई जसरी हामीले अगाडि बढाउने भन्दै आएका थियौं, त्यहीअनुसार अगाडि बढाउने निष्कर्ष निकालेका छौं’, बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘भोलि (सोमबार) दुवैले आ–आफ्नो पार्टीको लेवलमा छलफल गर्छौं र पर्सि (मंगलबार) एकता संयोजन समिति बैठक बसेर प्रक्रियालाई थप अगाडि बढाउँछौं ।’ नौ दिनपछि दुई नेताबीच आइतबार आइतबार साँझ झन्डै पौने दुई घण्टा छलफल भएको थियो। एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि ओली–दाहालबीच छलफल भएको हो। एकता संयोजन समितिको दुवै अध्यक्षले संयोजन गर्दै आइरहेका छन्।

नयाँ सरकार गठनअगाडि नै सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीति बनाएका एमाले–माओवादी अध्यक्षले पहिले छलफल गरी एजेन्डा तय गर्ने र त्यसपछि लगत्तै संयोजन समितिको बैठक बस्ने बताउँदै आएका थिए।मंगलबार बस्ने एकता संयोजन समितिले अब वैचारिक/राजनीतिक कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल तथा संगठनात्मक संरचना मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल गठन गर्ने भएको छ। एमाले–माओवादीबीच लोकतान्त्रिक विधिबाट समाजवाद ल्याउने रणनीतिका विषयमा साझा सहमति छ । तर, त्यसको कार्यनीति के हुने भन्नेमा भने सहमति जुटाउन बाँकी छ । एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जवज) र माओवादीले अंगीकार गदै आएको माओवादका विषयमा के गर्ने भन्नेमा टुंगो लगाउनु पर्नेछ। त्यस्तै, पार्टीको मूल नेतृत्वका विषयमा दुवै पार्टीको अध्यक्षको तहमा छलफल गरी टुंगो लगाउने सहमति भए पनि पार्टी एकतापछिको संक्रमणकालीन अवस्थामा संगठनात्मक संरचनाको मोडालिटी कस्तो बनाउने भन्ने विषय भने टुंग्याउन बाँकी छ। यो विषय टुंग्याउन मंगलबार एकता संयोजन समितिले कार्यदल बनाउनेछ।

कार्यदललाई केही निश्चित समय निर्धारण गरी काम गर्न दिने र त्यसले दिने सुझावका आधारमा निर्णय लिई पार्टी एकताको काम टुंगो लगाउने विषयमा ओलीसँग समझदारी बनेको दाहालले बताए। संयोजन समितिमा ओली–दाहालका अतिरिक्त एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बस्न सकेको थिएन। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि एक साताका लागि बैंकक जाने भएपछि त्यसअगाडि नै कार्यदल बनाई एकताको गृहकार्य गर्न दुवै अध्यक्ष सहमत भएका हुन्। एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार शीर्षनेताहरुबीचको बैठक ‘आजसम्मकै उत्साहपूर्ण’ हो। ‘एकताका लागि आजको बैठकबाट थप बल मिलेको छ,’ ज्ञवालीले भने, ‘कार्यदलबाट अघि बढ्छौं, एकता भएरै छाड्छ । हामीबीच कुनै भ्रम बाँकी छैनन्।’

साभारः अन्नपूर्ण पोष्टबाट

पूर्व राजा र योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ। नेपालमा हिन्दु राष्ट्र फर्काउनुपर्न मत राख्ने मुख्य मन्त्री आदित्यनाथ र पूर्व राजा शाहबीच मुख्य मन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।

नेपालगन्जमा आफ्नौ लागानीमा खोलिएको सोल्टी होटल उद्घाटन गर्न गएका पूर्वराजा ज्ञानेन्द्र लखनउ पुगेर मुख्य मन्त्री आदित्यनाथलाई भेटेका हुन्। भेटमा शाहलाई आदित्यनाथले दोसल्ला र कुम्भको लोगो उपहार दिएका छन्।  पूर्वराजा ज्ञानेन्द्र परिवारका साथमा एकहप्तादेखि पश्चिम नेपाल घुमिरहेका थिए। परिवारका साथमा उनी लखनउ पुगेका हुन्।

साभारः अनलाइन खबरबाट

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

२४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् । २०७४ पुष २४ गते  प्रकाशित

साभारः अनलाइन खबरबाट

श्वेताको धपेडीः कान्छीदेखि कफीसम्म

श्वेता खड्का अलि धपेडीमा थिइन् । दरबारमार्गस्थित राइजिङ मलको ग्राउन्ड फ्लोरस्थित आफ्नै कफी हाउस (हिमालयन जाभा)मा, मध्यान्हतिर ।पत्रकारसँग अनौपचारिक भेटघाट गरिरहेकी रहिछन्, फिल्म ‘कान्छी’को गीत रिलिज गर्ने मेसोमा । पत्रकारको घेराबाट बाहिरिएपछि पनि उनलाई व्यस्तताले छाडेन । बारम्बार फोनको घण्टी बज्यो । म्यासेज हेर्न भ्याइनन् । धेरैतिरको काम मिलाउँदा-मिलाउँदै उनलाई बस्ने फुर्सद थिएन । यस्तै व्यस्तताबीच उनी हामीसँग कुराकानी गर्न तयार भइन् । एकदमै सौहार्द्धपूर्ण रुपमा । भर्खर उठेजस्ता चंगा आँखा । विनयी भाव र मधुर मुस्कान । हामीले उनको दैनिकीबारे चासो राख्यौं । अब उनी स्थिर भइन् । र, आफ्नो यन्त्रिक दैनिकीबारे यसरी बताइन् ।

सुत्ने-उठ्ने तालिका

श्वेता उठ्दा बिहानको घाम कोठाभित्र छिरिसकेको हुन्छ । घडीका काँटा साढे ६ वा ७ बजेको रेखामा दौडिरहेका हुन्छन् । बिहान चाँडै उठ्ने बानी छैन । साँझ अबेर सुत्ने भएकाले पनि होला । राति ओछ्यानमा पस्ने बेला ११ बजिसकेको हुन्छ । धेरैजसो त १२ बजेतिर हो । दिनभरको कामको थकान हुन्छ । घर पुगेपछि सानोतिनो काम गर्दागर्दै समय गुज्रन्छ । प्रायः सुत्ने र उठ्ने तालिका एकै किसिमको छ । औसत सात घण्टा सुत्छिन् । ओछ्यान छाड्न उनलाईर् अलि समय लाग्छ । उठिसकेपछि भने बाथरुम जान्छिन् । फ्रेस नभएसम्म केही गर्न जाँगर चल्दैन । फ्रेस हुन्छिन् । पानी पिउँछिन् ।

हायातमा वर्कआउट

बिहानको कर्म सिध्याइसकेपछि श्वेता बौद्धतिर लाग्छिन् । हायात रिजेन्सीमा । त्यहाँ उनी जिममा समय बिताउँछन् । जिम श्वेताको नियमित दिनचर्याकै पाटो हो । जिममा एकाध घण्टा बित्छ । यसबीचमा उनले कार्डियो, स्ट्रेचिङ भ्याइसकेकी हुन्छिन् । ‘जिम गइएन भने के छुटाइयो भन्ने लागिरहन्छ,’ श्वेता भन्छिन्, ‘बानी नै परिसक्यो ।’ फिजिकल फिटनेसका लागि जिम धाउन थालेको धेरै भइसक्यो । दिनभरको कार्यव्यस्तताबीच उनले आफ्ना लागि खर्च गर्ने भनेकै यही समय हो । ‘आफ्नो शरीरको पनि माया गर्नुपर्‍यो नि होइन ?’ यसो भन्दै उनी पूर्ववत् शैलीमा मुस्कुराइन् । घरमा योग र ध्यानको अभ्यास पनि गर्ने गर्थिन्, अहिले छुटेको छ । डेढ/दुई महिना भयो, ‘कान्छी’ फिल्म निर्माणको धपेडीबीच योग गर्ने फुर्सद मिलेको छैन ।

गाडीमै ब्रेकफास्ट

वर्कआउटपछि त्यही प्रोटिन सेक लिने गरेकी छन् । त्यसो त, उनी बेलाबेलामा ड्राइ फ्रुट्स चपाइरहिन्छन् । फलफूल खाइरहेकी हुन्छिन् । गाडीमै यी सबैको व्यवस्था छ । गाडी ड्राइभ गरिरहेकै बेला पनि उनले केही न केही खाइरहेकी हुन्छिन् । ‘थोरै-थोरै खानेकुरा खाइरहेकी हुन्छु,’ श्वेता भन्छिन्, ‘त्यही मेरो ब्रेकफास्ट हो ।’

गाँसमै मासु

वर्कआउटपछि उनी आफ्नो कार्यथलो पुगिसकेकी हुन्छिन् । उनको निम्ति त्यही खाना पाक्छ । खाना अक्सर दाल, भात, तरकारी, अचार नै हो । खानामा उनलाई मासु नभई हुन्न । खासगरी चिकेन । ‘खसीको मासु मन पर्दैन,’ श्वेता भन्छिन्, ‘तर, चिकेनचाहीं हरेक छाकमा चाहिन्छ ।’ उनलाई मासुबिनाको खाना, खानाजस्तो लाग्दैन । उनी भरपेट खान्छिन् । स्लिम हुने चक्करमा खानामा कटौती गर्दिनन् । ‘म त मस्त खाइदिन्छु,’ श्वेता भन्छिन्, ‘हेर्नु न, त्यही भएर ज्यान घटेको छैन ।’ कहिलेकाहीं घरबाट पनि उनलाई खाना आइपुग्छ । मुड चलेमा आफैं घर पुग्छिन् । मध्यान्ह १ बजे खाना खाइसकेपछि एकै पटक राति हो, खाना खाने । साँझ ६ वा ७ बजेभित्र उनी घर पुगिसकेकी हुन्छिन् । त्यसबेला घरमा खाना पाकिसकेको हुन्छ । परिवारका सदस्य एकसाथ बसेर खाना खाँदा माहौल रमाइलो हुन्छ । ‘मेरो घरमा सबै रमाइला छन्,’ श्वेता भन्छिन्, ‘ख्यालठट्टा गरिरहने ।’ खासगरी, भाइ-बुहारी । उनीहरुलाई हाँसोठट्टा गरिरहनुपर्छ । श्वेता माछा-मासुसँगै सागपात पनि रुचाउँछिन् । सकेसम्म सन्तुलित खाना नै खाने गरेकी छन् । पेयमा भने उनलाई कफी नभई हुन्न । कफी लभर भएरै होला, राइजिङ मलमा आफ्नै कफी हाउस चलाएकी । त्यसो त, उनी दिनमा एक पटक गि्रन टी पिउँछिन् । दिनभरमा कम्तीमा दुई लिटर पानी पिउने गरेकी छन् । आफ्नो स्किनलाई कसरी मेन्टेन गर्नुहुन्छ भनी सोधिएको प्रश्नमा पनि उनले आफ्नो खानपान र सन्तुलित जीवनलाई जस दिइन् । साथै, नियमित व्यायाम, व्यस्त दैनिकीले यसमा सघाएको उनको विश्वास छ ।

भाँडावर्तन माझ्न जाँगर चल्छ

श्वेतालाई भान्साको काममा अल्छी लाग्दैन । फुर्सद भएमा उनी भान्सामा गएर खानेकुरा बनाउँछिन् । तर, उनको ढंग भने पुग्दैन । ‘घरि के पोखाउने, घरि के फुटाउने हुन्छ,’ श्वेता भन्छिन्, ‘त्यसैले मलाई भान्साको काम गर्न दिनुहुन्न ।’भान्सामा काम नगरे पनि उनी त्यहाँ बसेर गफ गर्छिन् । त्यति नै घर परिवारका लागि काफी हुन्छ । श्वेताले पकाउने मीठो परिकार भनेको खसीको मासु हो । उनले पकाएको मासु अरुले स्वाद मानेर खान्छन् । भाँडावर्तन माझ्न पनि श्वेतालाई अल्छी लाग्दैन । राति घर पुग्न अबेर भयो भने आफूले खाएको जुठो उनैले माझ्नुपर्छ । घरमा उनलाई सबै कुरा चिटिक्क एवं सफाचट हुनुपर्छ, व्यवस्थित र मिलेको । एउटा सामान थोरै तलमाथि भयो भने पनि उनलाई तनाव हुन्छ रे । ‘एकदमै व्यवस्थित चाहिन्छ,’ श्वेता भन्छिन्, ‘जे जहाँ हुनुपर्ने, जसरी मिलाइएको हुनुपर्ने, त्यसरी नै राखिएको हुनुपर्छ ।’

 

सेमी क्याजुअल पहिरन

श्वेता पहिरनमा उस्तो सौखिन होइनन् । आफूलाई फेसनेबल पनि मान्दिनन् । यद्यपि, कहाँ, कसरी, कस्तो पहिरन लगाउने भन्ने हेक्का छ । कार्यक्रमअनुसारको गेटअपमा पेश हुने गरेकी छन् । पहिरनलाई एकदमै जतनसाथ प्रयोग गर्छिन् । भन्छिन्, ‘लुगालाई हामीले माया गर्‍यौं भने त्यसले पनि इज्जत दिने हो ।’उनीसँग वर्षौंअघिको लुगा पनि सुरक्षित हुन्छ । धेरै भएको लुगा बाँड्ने गरेकी छन् । बाँकी आफैं राख्छिन् । घरमा कपडाहरु सकेसम्म आफैं मिलाउँछिन् । काम गर्ने दिदी छिन्, उनले भने सबै कुरा व्यवस्थित गरिदिने श्वेता बताउँछिन् । ‘उहाँ घरकै परिवारजस्तो हुनुहुन्छ,’ श्वेता भन्छिन्, ‘मेरो लुगाफाटो सबै उहाँले मिलाइदिने हो ।’

अक्सर उनी कार्यलयमा खटिएकी हुन्छिन् । त्यस्तो बेला उनलाई सेमी क्याजुअल पहिरन ठीक लाग्छ । पूरै र्फमल पनि होइन, पूरै क्याजुअल पनि होइन । दुवैको फ्युजन । लुगा लगाउन भने उनलाई त्यस्तो समय लाग्दैन । ‘१० मिनटमै रेडी हुन्छु,’ श्वेता भन्छिन्, ‘धेरै अलमल हुँदैन ।’ नयाँ लुगा लगाइसकेपछि भने उनले घरका परिवारलाई सोध्छिन्, ‘कति सुहायो ?’ भाइ-बुहारीले उनको पहिरनमा टीका-टिप्पणी गरिरहेका हुन्छन् । सुझाव पनि दिइरहेकै हुन्छन् । उनीहरुकै सुझावलाई शिरोधार्य गर्छिन् ।

सपिङमा अल्छी

अक्सर उनका साथीहरु किनमेलमा रमाउँछन् । महिलाहरुको साझा प्रवृत्ति पनि हो यो । धेरैजसो सपिङमा हुरुक्कै हुन्छन् । अपवाद हुन्, श्वेता । उनलाई पसल चहार्दै किनमेल गर्नु झण्झट लाग्छ । ‘साथीहरु यो पसल, त्यो पसल भन्दै हिँड्छन्,’ श्वेता भन्छिन्, ‘मलाईचाहीं त्यसमा जाँगर चल्दैन ।’ मन परेको सामग्री उठाइहाल्ने बानी छ । चाहे त्यो सामान्य पसलको होस् वा ब्रान्डेड । कपडा किनमेल गर्न उनी दरबारमार्गको पसलमा पुग्छिन् । कहिले बाटोमा हिँडदा हिँड्दै कुनै लुगाले ध्यान खिच्न सक्छ । उनी तुरुन्तै खरिद गर्छिन् । रेडिमेड लुगाबाहेक उनी बुटिक पनि प्रयोग गर्छिन् । केही डिजाइनरले उनका लागि लुगा तयार गरिदिन्छन् ।

कान्छीको कुरा

निजी कुराहरु खोतलिरहँदा उनलाई मोबाइलमा आउने रिङटोनले लखेटिरह्यो । बेलाबेला उनले फोन उठाउँदै कामको मेलोमेसो मिलाइरहिन् । कसलाई के अह्राउनुपर्ने, कसलाई के खटाउनुपर्ने । अनेकतिरको झमेलाबीच उनी फिल्मको प्रमोसन गर्न पनि भ्याइरहेकी थिइन् । ‘कान्छी’ फिल्म बनाएदेखि उनको धपेडी थप बढेको रहेछ । माघमा सार्वजनिक हुने फिल्मको प्रमोसनदेखि ट्रेलर रिलिजसम्मको काम थाती नै छ । अघिल्लो फिल्म ‘कोहिनूर’को सफलतासँगै उनले ‘कान्छी’ बनाउने निर्णय गरेकी थिइन् । अहिले त्यसको लगभग सबै काम सकिएको छ । मनोरञ्जनात्मक फिल्मले सबै वर्गका दर्शकलाई आकषिर्त गर्नेमा उनी ढुक्क देखिइन् ।कुराकानीकै क्रममा उनको फोन आयो । उनी केही अत्तालिइन् । हतास भइन् । ‘अस्पताल जानुपर्ने भयो,’ उनले हतारमा भनिन्, ‘श्रीदाइकी ठूलो ममी सिकिस्त हुनुभएछ ।’एकातिर फिल्म प्रोडक्सनको काम, अर्कोतिर निर्माणको । चौतर्फी कामसँगै उनलाई पारिवारिक जिम्मेवारीले पनि पछ्याउँछ । घर, परिवार, आफन्त, इष्टमित्र सबैतिर उनले भ्याउनु परेको छ । ‘अस्पताल जान्छु है’ हतारमै उनी बाहिरिइन् ।



साभारः अनलाइन खबरबाट

ओली-प्रचण्ड वार्ताः पार्टी एकताबारे ‘ब्रेक थ्रु’

२३ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो । भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए । केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ ।’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । दुई नेताको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ । यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

त्यसैगरी पार्टी एकतासँगै पार्टीको अध्यक्ष को हुने, केन्द्रीय समितिमा क-कसलाई राख्ने अनि प्रधानमन्त्री, राष्ट्रपति लगायतको पदीय बाँडफाँड कसरी गर्ने भन्ने लगायतका संगठनात्मक प्रश्नहरु पनि समाधान गर्न बाँकी छ । एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले यी वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् । यसैवीच प्रचण्ड र केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि छलफल गरेका छन् । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने-‘राष्ट्रियसभा निर्वाचनका बारेमा अनि प्रदेशसभा निर्वाचनका बारेमा पनि छलफल भयो ।’

साभारः अनलाइन खबरबाट

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख

२३ पुस, डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवालै चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् । सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ । मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

६ जनाले अझै बुझाएनन् निर्वाचन खर्च

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले मात्रै निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री देउवाले आइतबार खर्च विवरण बुझाएका हुन भने अन्य उम्मेदवारहरुले योभन्दा अगाडि नै बुझाइसकेका थिए । बाँकी उम्मेदवारहरुले भने अहिलेसम्म खर्च विवरण नबुझाएको कार्यालयलेजनाएको छ । निर्वाचन अायोगले भने खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

साभारः अनलाइन खबरबाट

एकता संयोजन समिति बैठक स्थगित

काठमाडौं : आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक बस्न ढिलाई भएको हो । केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं आउँदैछन्।

उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र प्रचण्डको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने सम्भावना नकारेनन्। 'उहाँ आएपछि भेटघाट हुन पनि सक्छ तर टुंगो लागेको छैन', अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले पनि काठमाडौं आएपछि भेटबारे टुंगो लाग्ने जानकारी दिए।  एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन्। त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू छन्।

  

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

साभारः अन्नपूर्ण पोष्टबाट

भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउनु हुन्नः बिजुक्छे

२३ पुस, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् ।पत्रकार महासंघ भक्तपुर शाखाको २१ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए ।

वाम गठबन्धनभित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै उनले गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको बताए । साथै वाम गठबन्धन टुटाउन बाहृय शक्ति लनगिपरेको उनले बताए । कार्यक्रममा बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरे । २०७४ पुष २३ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन । यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाइनेछ ।

तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए । एमाले नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रदेशसभाबाट चुनिएका सदस्यहरुलाई काठमाडौंमा सपथ गराउनु भन्दा ठूलो जग हँसाइ के हुन्छ ?’ समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए । साथै ज्ञवालीले यदि प्रदेशको अस्थायी राजधानी नतोक्ने हो भने प्रदेश प्रमुख पनि नियुक्त नगर्न सरकारलाई सुझाव दिए । ‘गर्न नहुने सबै गर्ने तर, गर्नुपर्ने कुराचाहिँ नगर्ने ?’ उनले भने, ‘त्यसो भए राष्ट्रपतिसँगै सपथ गराए भयो, प्रदेश प्रमुख किन तोक्ने ?’ अहिले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले स्वीकार नगर्ने संकेत गर्दै ज्ञवालीले भने, उहाँहरुले सहमति गर्नुहुन्न, सहमति नगरेपछि प्रदेश प्रमुखको आयु डेढ/दुई महिना होला । किनभने त्यो निर्णयप्रति हामी जवाफदेही हुँदैनौं । एमाले सचिव ज्ञवालीले अघि भने, त्यसो भए बाधा अड्काउ फुकाएर उच्च अदालतका मुख्य न्यायाधीशलाई रिपोर्ट -निर्वाचन परिणाम) बुझाउने र सपथ गराउन प्रवन्ध मिलाउन सकिन्छ ।’ तर, सरकारले अहिले अस्थायी मुकाम नतोक्ने र भोलि प्रदेशसभाले निर्णय गरेपछि जहाँजहाँ असन्तुष्टि देखिन्छ, त्यहाँ खेल्ने ‘छुद्र राजनीति’ गर्न खोजेको ज्ञवालीको आशंका छ ।

राजधानीको मुद्दामा आन्दोलित नहुन निर्देशन

वाम गठबन्धनका प्रभावशाली नेता ज्ञवालीले प्रदेशको अस्थायी मुकामलाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न अपील गरेका छन् । सरकारले एमालेले औपचारिक रुपमै कार्यकर्तालाई आह्वान गर्न लागेको समेत उनले जानकारी दिए । प्रदेश नम्बर ४ र ६ बाहेक अन्य प्रदेशको राजधानीलाई लिएर विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादीका नेता कार्यकर्ताका साथै सांसद र प्रदेशसभा सदस्यसमेत सहभागी भएका छन् । तर, एमाले सचिव प्रदीप ज्ञवालीले अस्थायी राजधानीलाई लिएर तरंगित नहुन अपील गरेका छन् । अहिले भइरहेको आन्दोलन रोक्न अपील गर्दै उनले भने, ”अस्थायी केन्द्र तोक्ने कुरा नितान्त अस्थायी प्रवन्ध हो । यसमा तरंगित नहुनुस् ।’

प्रदेशको नाम र राजधानी प्रदेशसभाले दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था छ । यद्यपि प्रदेशसभाको पहिलो बैठकका लागि सरकारले अस्थायी मुकाम तोक्नुपर्ने हुन्छ । ‘एउटै पार्टी वा गठबन्धनको दुई तिहाइ नै होला तर, विभिन्न ठाउँबाट चुनिएर आएका प्रदेशसभा सदस्यहरु छन् । विराटनगरबाट पनि चुनिएर आएका छन्, धनकुटाबाट पनि छन् । दाङबाट पनि चुनिएर आएका छन्, बुटवलबाट पनि छन्’ एमाले सचिव ज्ञवालीले अनलाइनखअबरसँग भने, दुबैतर्फको चित्त नबुझाई केन्द्र तोक्नै सकिँदैन । भोलि सहमति गर्ने ठाउँ छ र तपाईहरुले नै चुनेका प्रतिनिधिले टुंगो लगाउने हो । त्यसैले अहिले तरंगित नहुनुस् ।’ ज्ञवालीका अनुसार एमालेले आफ्नो आन्तरिक च्यानलमा पनि यही आग्रह गरेको छ । आवश्यक पर्‍यो भने पार्टीले संस्थागत रुपमा नै पनि अपील गर्न सक्ने बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने, ‘आन्तरिक च्यानलमा भनेका छौं, दुबै ठाउँका जनताले हामीलाई मत दिएका छन् । विराटनगर भर्सेस धनकुटा वा दाङ भर्सेस बुटवल गर्न जरुरी छैन ।’

साभारः अनलाइन खबरबाट

प्रियंकाको गुनासो-‘हामी नकारात्मक न्यूजको शिकार धेरै भयौं’

आइतबार चलचित्र ‘बटरफ्लाई’को पत्रकार सम्मेलनमा नायिका प्रियंका कार्कीले धेरै प्रश्नको सामाना गर्नुपर्‍यो । चलचित्र क्षेत्रमा लागेको आधा दशकमै नम्बर १ को स्थान कब्जा गरेकी नायिकाले सबै प्रश्नको जवाफ दिने कोशिश त गरिन् । ‘चलचित्रको प्रमोशनमा किन नहिड्नु भएकोदेखि नयाँ बर्षमा प्रेमीसँग पोखरा किन जानुभएको’ सम्मका प्रश्नहरु प्रियंकाको लागि पत्रकारले सोधे । प्रियंकालाई पत्रकारले धेरै चलचित्रमा किन काम गर्नुभएको भन्दै प्रश्न पनि सोधे । प्रियंकाले धेरै चलचित्र खेलेको बिषयमा भनिन्-‘मैले धेरै चलचित्र खेलेकी छैनँ । मेरा चलचित्रहरुको रिलिजको समय मात्र नमिलेको हो । मैले पैसाका लागि काम पनि गरिरहेकी छैनँ । यदि, कसैले ११ करोड दिन्छ भने म बर्षमा एउटा मात्र चलचित्र खेल्न तयार छु । प्रचारमा पनि पूर्ण रुपमा हिड्नेछु । तर, एउटा कलाकारले ११ करोड पारिश्रमिक लिन धेरै बर्ष लाग्छ ।’

११ करोड पारिश्रमिक किन माग्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा प्रियंकाले भनिन्-‘बलिउडमा दीपिकाले ११ करोड पारिश्रमिक लिएर ‘पद्यमावती’मा काम गरेकी छिन् । जसकाकारण, उनले यो चलचित्रलाई एक बर्ष भन्दा बढी समय दिएकी छिन् । तर, हाम्रोमा त्यो अवस्था छैन । त्यहाँ पुग्न हामीलाई अझै धेरै समय लाग्छ ।’ प्रियंकाले चलचित्र बाहेक आफ्नो अर्को व्यवसाय पनि नभएकाले बाच्नका लागि पनि धेरै काम गर्नुपर्ने उल्लेख गरिन् । उनले, चलचित्र बाहेक अरु कुरा आफूले नसोचेको समेत बताइन् ।

नकारात्मक न्यूजको शिकार भयौं

यस्तै, पत्रकार सम्मेलनपछि अनलाइनखबरसँग कुरा गर्दै नायिका प्रियंका कार्कीले कलाकारहरु धेरै मात्रामा नकारात्मक समाचारको शिकार भएको बताएकी छिन् । उनले भनिन्-‘अहिले किन कलाकारका समाचार नकारात्मक रुपमा मात्र आइरहेका छन् । त्यसलाई सकारात्मक रुपमा सोच्न र लेख्न पनि सकिन्छ नी होइन र ?’ - प्रियंकाले गुनासो गर्दै भनिन्-‘२ महिना घरमा आराम गर्दा काम नपाएर घरमै बसिन् भन्ने समाचार आउँछ । लगातार काम गर्दा पैसाका लागि धेरै काम गरिन् भनेर आउँछ । साच्चै, हामीले गर्ने चै के हो ?’ उनले भनिन्-‘हामीले दिने खबरले नै चलचित्र क्षेत्रलाई कुन बाटोमा लैजाने भन्ने बाटो देखाउँछ । चलचित्र क्षेत्रलाई सम्मानित तरिकाले लैजाने हो भने बाबु आमाले नी आफ्ना छोरा छोरीलाई यो क्षेत्रमा पठाउन अग्रसरता देखाउँछन् । हामी, नकारात्मक मात्र हुने हो भने त नयाँ पिढी यो क्षेत्रमा कसरि आउँछ र ?’

उनले, आफू ‘बटरफ्लाई’को प्रमोशनमा हिडेको दाबी गरिन् । नायिका भन्छिन्-‘बटरफ्लाइको कार्यक्रम नै भएको छैन त हामीहरु कहाँ हिड्नु ? बोलाएको ठाउँमा त पुगेकै छौ नी ।’ आफूहरुको पनि परिवार भएको भन्दै नकारात्मक समाचार धेरै पढ्दा आफ्ना बाबु आमाको पनि चित्त दुख्ने उनको भनाई थियो । ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका र नायक आर्यन अधिकारीको मुख्य भूमिका छ ।चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । पौष २८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । नायक आर्यन अधिकारीले एउटा फरक प्रेम कथामा काम गरेको बताए । प्रियंकाले पनि एउटा फरक र रोचक प्रेम कथाको चलचित्रमा काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।


साभारः अनलाइन खबरबाट

सरकार वाम गठबन्धनकै बन्छ, अरु हल्ला हुन्ः नारायणकाजी

२२ पुस, गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच बर्ष वाम गठवन्धन बाहेक अरु कसैको सरकार नबन्ने दाबी गरेका छन् ।‘अहिले बाहिर दुई वटा हल्ला चलेको छ, एउटा काग्रेस र अरु दुई पार्टीको सहयोग लिएर माओवादीले सरकार बनाउने, अर्काे एमालेले फोरमसँग मिलेर सरकार बनाउने’ श्रेष्ठले भने, ‘तर यो सबै हल्ला मात्र हो, अबको सरकार वाम गठबन्धनकै बन्छ, अरुको होइन ।’ कांग्रेसले सत्ता ओगटेर बस्ने प्रवृति देखाएका कारण मात्र नयाँ सरकार गठनमा ढिलाइ भएको उनले बताए । वाम गठवन्धन निकट कर्मचारी संगठनद्धारा पश्चिमकालीमा आयोजित निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रममा सहभागी हुन आएका श्रेष्ठले संवैधानिक व्यवस्था र राष्ट्रिय सभाको ऐन निर्माणअघि निर्वाचन भएकाले पनि सरकार गठनमा ढिलाइ भएको बताए ।


सरकार गठनसँगै एमाले र माओवादीको पार्टी एकीकरणका लागि प्रारम्भिक गृहकार्य भइरहेको उनको भनाइ छ । ‘आज दुई पार्टीका अध्यक्षबीच छलफल हुनेछ, भोलि पार्टी एकता संयोजक समितिको बैठक बस्छ र छलफल अगाडि बढ्छ,’ उनले भने । एमाले अध्यक्ष केपी ओली उपचारका लागि बिदेश जानुअघि नै केही सहमति गर्ने उनले बताए । माओवादी नेता श्रेष्ठले अघि भने, ‘वैचारिक राजनितिक र संगठनात्मक संरचनाको आधार के हुने भन्ने बारेमा छलफल गरेर पार्टी एकताका लागी अघि बढ्छौं ।’ २०७४ पुष २२ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकियो

‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको बाँकी छायांकन भने हलिउड फिल्म उद्योग लस एन्जल्समा हुुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रीसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे अवगत गरायो । क्यूएफएक्स सिनेमाका प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने दावी गरे । पाँच करोड बजेट बताइएको चलचित्रमा संलग्न विदेशी प्राविधिकबाट स्थानिय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसार समेत हुने धारणा उद्दिनको थियो । ‘कागबेनी र सानो संसार’ले थालेको डिजिटल यात्रा ‘द म्यान फ्रम काठमाण्डू’सम्म आइपुग्दा ऐतिहासिक फड्को मारेको उनले बताए ।


भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए । ‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन्’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्ट प्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’ निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको ‘कागबेनी’ हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए । यो चलचित्रले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु-मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा ‘द म्यान प|mम काठमाण्डू’ हो ।

 

‘खासगरि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सिंगो विश्वमा फैलिएको अतिवाद र समकालिन राजनीतिको कथा यसले भन्छ र सान्दर्भिक पनि छ’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी चलचित्रमा छ । निर्माता उद्दिनका अनुसार चाँडै चलचित्रको नेपाल रिलिज मिति घोषणा गरिनेछ । विदेशी भाषामा स्वरांकन गरेर विदेशमा रिलिज गर्ने तयारीमा समेत निर्माता छन् ।

साभारः अनलाइन खबरबाट

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

२२ पुस, काठमाडौं । माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ।मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पीडित मगरलाई सहयोग गर्न क्रान्तिकारी अध्यक्ष तामाङले फेसबुकमार्फत सार्वजनिक अपिल गरेका थिए । संकलित सहयोग रकम तामांगले आज पीडित मगरलाई हस्तान्तरण गरेका हुन् ।


तामाङले व्यक्तिगत रुपमा २० हजार र उनकै आह्वानमा हङकङ बस्ने खड्गबहादुर गुरुङले उपलब्ध गराएको ९३ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। अखिल क्रान्तिकारीको सामाजिक सरोकार विभागद्वारा आयोजित सोही कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिकाका मिर्गौला पीडित रामबहादुर बोहरालाई बीस हजार रुपैयाँ उपलब्ध गराइएको विभागका प्रमुख एवम् क्रान्तिकारी उपाध्यक्ष विजय गौतमले जानकारी दिए । २०७४ पुष २२ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

२२ पुस, पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए । एमाले र माओवादी दुबै पार्टीले पार्टीको पोजिसनलाई अडानका रुपमा नलिएको र आगामी दिनमा पनि नलिने स्पष्ट पारे । उनले भने, ‘अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि ।’ज्ञवालीले ८/९ रेक्टर स्केलको भूकम्प आएपनि पार्टी एकता नतोडिने दाबी गरे । देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुने उनको दाबी छ ।


९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए । अहिले पार्टी एकता भाँड्ने नियतले अनुमानको खेती र टिका टिप्पणी हुने गरेको सुनाउँदै एमाले सचिव ज्ञवालीले दुई अध्यक्ष प्रचण्ड र ओली नभेट्दैमा र एकता संयोजन समितिको बैठक नबस्दैमा एकता नभाँडिने दाबी थियो । एमाले सचिव ज्ञवालीले शेरदबहादुर देउवा नेतृत्वको सरकार संघीयताप्रति ईमान्दार रहेको आरोप समेत लगाएका छन् । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसकेको भन्दै उनले भने, ‘सरकार संघीयताप्रति इमान्दार छैन, यसप्रति सरकार र सरकारबादी दलहरुको ओंठेभक्ति मात्रै हो ।’ प्रदेश मुकाम अस्थायी रुपमा तोक्न लागिएको भन्दै उनले तरंगित हुन नपर्ने बताए । साथै प्रदेश मुकाम तोक्न माग गर्दै भइरहेको आन्दोलन स्थगित गर्न आग्रह गरे ।२०७४ पुष २२ गते १३:५७ मा प्रकाशित

साभारः अनलाइन खबरबाट

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो ।आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् ।
तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाएको छ। पहिलो चरणमा जमिन कटान र सम्याउने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको टोलीले पाँच प्रतिशत काम सकिसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। जेठ महिनाभित्र ८० प्रतिशन जमिन सम्याउने काम भइरहेको हो। वर्षाको समयमा जमिन सम्याउन अप्ठेरो हुने भएकाले त्यतिबेला टर्मिनल बिल्डिङ र धावनमार्ग निर्माणको काम गर्ने सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागार्इंले जानकारी दिए। निमार्णमा चिनियाँ ३० र नेपाली १ सय ५० जना मजदुर खटिएका छन्। जमिन सम्याउन ट्रिपर २६, एक्साभेटर ६, डोजर ३ र रोलर ४ वटा प्रयोग भइरहेको छ। ‘निर्माणलाई थप तीव्रता दिन चीनबाट ल्याइएका थप ४० वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजरलगायत निर्माण सामग्री भारतको कोलकाता बन्दरगाहमा आइसकेका छन्’, कम्पनीका जनसम्पर्क अधिकृत चापागाईंले भने। एक महिनाभित्र कोलकाताबाट निर्माण सामग्री आएपछि कामले थप तीव्रता पाउने पनि उनले सुनाए।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र

स्थानीय सरकार, स्थानीय नागरिकले देखाएको व्यग्रता र सहयोगले निर्माणमा तीव्रता आएको चापागाईंले बताए। कुनै बाधा नआए र सबै क्षेत्रबाट यस्तै सहयोग रहिरहे तोकिएको मितिभन्दा ६ महिनाअघि नै विमानस्थल पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिने उनले सुनाए। सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको इपीसी मोडलमा सीएएमसीईले ठेक्का लिएको हो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। त्यसअघि उनकै चीन भ्रमणका बेला चैत ८ गते विमानस्थल निर्माणका लागि दुई देशीय ऋण सम्झौता भएको थियो। झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि लिने भएपछि काम सुरु भएको थियो।

पोखराको वडा नं १४, १८ मा पर्ने झन्डै ३७ सय रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ। सरकारले २०३१ र हालै गरी दुई चरणमा त्यति जमिन अधिग्रहण गरेको हो। हालै अधिग्रहण गरिएको ५ सय २१ रोपनी जग्गाको मुआब्जा वितरण सकिएको जानकारी आयोजना प्रमुख मुनकर्मीले दिए। विमानस्थलको पेरिफेरिमा रिङरोड बनाउन सरकारले पछिल्लो समय अधिग्रहण गरेको ६० रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ। यसका लागि सरकारले १ अर्ब ५० करोड बजेट छुट्याएकाले छिटै नै मुआब्जा वितरण गरिने पनि उनले बताए। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता २ सय हुनेछ।


साभारः अन्नपूर्ण पोष्टबाट

हारको दोष कांग्रेसलाई दिँदै कमल थापाले भने-राजीनामाबारे प्रश्नै उठेन

२१ पुस, काठमाडौं । राप्रपाले चुनावी परीणामलाई अकल्पनीय एवं निराशाजनक भन्दै हारको दोष नेपाली कांग्रेसमाथि थोपरेको छ ।चुनावी समिक्षा गर्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले चुनावी हारको ९ बुँदे कारण अघि सारेको छ । साथै राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउनराष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको उसले बताएको छ । राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कांग्रेसले सम्झौताअनुसार सिट नदिएको आरोप पनि लगाएको छ । हारको कारण भन्दै उसले भनेको छ, ‘लिखित रुपमा भएको सम्झौता अनुरुप कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्ण सहकार्य नहुनु ।’


हारको दोष कांग्रेसलाई दिँदै कमल थापाले भने-राजीनामाबारे प्रश्नै उठेन

प्रतिनिधिसभामा कांग्रेसले राप्रपालाई चार सिट दिएको थियो भने प्रदेशमा पनि केही सिट दिएको थियो ।राप्रपाले उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ । सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको दाबी गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले चुनावको नजिता स्वीकार गरेको बताए । तर, चुनावी हारको जिम्मेवारी लिएर राजीनामा दिन कुनै योजना नरहेको उनले बताए । उनले भने, ‘राजीनामाबारे पार्टी बैठकमा कुनै प्रश्न नै उठेको छैन ।’ २०७४ पुष २१ गते प्रकाशित ।

साभारः अनलाइन खबरबाट

‘पिंकु मिस’ बनेकी रेखाको जवानीले बबाल बनाएपछि…

नायिका रेखा थापालाई दर्शकले चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको कमै मात्र देखेका छन् । झन्, चलचित्र क्षेत्रमा हिट भएपछि रेखाले आइटम नृत्यमा रहर नै देखाइनन् । हिट नायिकाले म्यूजिक भिडियोदेखि आइटम नृत्य समेत गरिरहँदा रेखा त्यो बाट पर नै बसिन् । तर, अहिले रेखाको करिअर ओरालो लागेको छ । रेखाले अभिनय गरेका चलचित्र चल्नै छाडेका छन् ।


उनै, रेखाले आजबाट रिलिज भएको चलचित्र ‘राज्जा रानी’मा अभिनय मात्र गरेकी छैनन्, एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । ‘पिंकु मिस’ बोलको आइटम गीतमा रेखाको जवानीको चर्चा गरिएको छ । यो चलचित्रमा रेखा विशेष भूमिकामा छिन् । रेखाको भूमिका के हो भन्ने वुझ्न दर्शकले चलचित्र नै हेर्नुपर्नेछ । यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको यो गीतमा सहिमा श्रेष्ठको स्वर छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्र रिलिज भएकै दिन निर्माणपक्षले रेखाको विशेष भूमिकाको खुलासा समेत गरेको हो । चलचित्रमा भने केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ । यम थापा यसका निर्देशक हुन् भने रमेश एम के पौडेल यसका निर्माता हुन् । चलचित्रले दाइजो प्रथाको कथालाई उठान गरेको छ ।

साभारः अनलाइन खबरबाट

राष्ट्रपतिको जिम्मेवारी दिए तयार छुः खनाल

२१ पुस, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताएका छन् । तर, राष्ट्रपति बनाइदेउ भनेर लबिङ गर्दै नहिड्ने बताए ।पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पद प्राप्त गर्नका लागि लबिङ्मा नलाग्ने बताए । उनले भने- ‘तर म मलाई राष्ट्रपति बनाइदिनु पर्‍यो भन्ने लबिङ गर्ने पक्षमा छैन ।’ मुलुकको आवश्यकता अनुसार जिम्मेवारी लिन भने पछि नहट्ने पूर्वप्रधानमन्त्री खनालले बताए । वाम गठबन्धन जनअनुमोदित भइसकेको भन्दै खनालले एमाले र माओवादीको एकतालाई कसैले रोक्न नसक्ने बताए । पार्टी नै एकिकरण हुने भएकाले को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष भन्ने गौण भएको बताए ।

 
राष्ट्रपतिको जिम्मेवारी दिए तयार छुः खनाल

यो बहस पार्टी नबुझेका बाहिरियाहरुको मात्र हल्ला भएको भन्दै उनले भने, ‘जब पार्टी नै एक हुँदैछ भने कुन पार्टीको अध्यक्ष, प्रधानमन्त्री भन्ने कुराको कुनै अर्थ छैन । उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन्छौं ।’केही शक्ति र दलहरुले वाम गठबन्धनलाई अफल बनाउन लागेको तर, सफल नहुने उनले बताए । ‘भ्यागुताको सरापले ट्रक रोकिँदैन’ एमाले नेता खनालले भने, ‘भ्यागुताले ट्रक रोक्छ भनेर जतिसुकै छाती फुलाए पनि ट्रक रोकिँदैन, भ्यागुताकै बेहाल हुन्छ । वाम गठबन्धनलाई रोक्न खोज्नु भ्यागुताको ट्वारट्वार बाहेक केही होइन ।’ पिताको शतबाषिर्कीको अवसरमा खनालले आफ्नो स्वामित्वको जग्गा र नजिकैको पोलिटेक्निकल इन्टिच्युटमा ‘जिंको बाइलोबा’ नामक रुख रोपेर श्रद्धाञ्जली अपर्ण गरेका छन् । २०७४ पुष २१ गते प्रकाशित

साभारः अनलाइन खबरबाट

चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड

२१ पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ । देशको मध्य भागमा अन्यत्र यो सम्भावना छैन ।’


चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड

अध्यक्ष प्रचण्डले आर्थिक राजधानीसँगै चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास भइरहेको दाबी गरे । राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको उनको भनाई छ । ‘सधैं राजनीतिक खिचातानी, दाउपेचले मात्रैं देश बन्दैन, यसो हुँदा देश र जनता पछाडि पर्ने अवस्था आउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक सहमतीबाट स्थायीत्वको दिशामा जानुपर्छ ।’ अव बन्ने सरकारले निजी क्षेत्रलाई पनि साथमा नै लिएर अघि बढ्ने हुँदा गलत हल्लाका पछाडि नलाग्न उनले व्यवसायीहरुलाई अनुरोध गरे । २०७४ पुष २१ प्रकाशित

साभारः अनलाइन खबरबाट

अमेरिकीका लागि भिसा नीति परिवर्तन - खुशिको खबर हामी सबै नेपालीहरुलाई

काठमाडौं : सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम हुन सकेन। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो।


 अमेरिकीका लागि भिसा नीति परिवर्तन - खुशिको खबर

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको पुष्टी गरे।मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर)का लागि बहुप्रवेशी (मल्टीपल) अध्ययन भिसा जारी गर्नेछन्। अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी भिसा पाउने छन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्ने छन् । परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासका अधिकारीसँगको छलफलपछि पर्यटक भिसामा पनि एकरूपता कायम गर्न थप छलफल गर्नुपर्ने राय दिएको थियो। गृहले परराष्ट्रको रायबमोजिम नै प्रस्ताव पठाएपछि मन्त्रिपरिषद्ले पर्यटक भिसामा थप अध्ययन गर्नुपर्ने भन्दै अध्ययन, कामदार र पत्रकार भिसामा मात्र एकरूपता कायम गर्ने निर्णय गरेको हो।

गृहले परिवर्तित भिसा नीतिको निर्णय कार्यान्वयन गर्न÷गराउन पुस १६ मा अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले अमेरिकीका लागि जारी हुने भिसासम्बन्धी निर्णय कार्यान्वयन भइसकेको बताए। उनले भने, ‘जनवरी ३ देखि नै निर्णय कार्यान्वयन गरि सक्यौं।’ अमेरिकी दूतावासले जनवरी २ सम्ममा आफ्नो प्रस्तावमा निर्णय गर्न समय दिएको थियो। अमेरिकाले यसअघि अध्ययन भिसामा ३ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको बहुप्रवेशी भिसा दिने गरेको भए पनि नेपालले भने अमेरिकी नागरिकसँग स्नातकोत्तर अध्ययनका लागि १ वर्षको २ सय ५० र अन्य अध्ययनका लागि अध्ययन अवधिभरको ५ सय ८० अमेरिकी डलर भिसा शुल्क लिँदै आएको थियो। अमेरिकाले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी श्रम भिसा दिने गरेको छ। नेपालले गैरसरकारी आयोजनाका कामदारका लागि १ वर्षको ३ सय ६०, सरकारी आयोजनामा प्रतिवर्ष २ सय ५० र अन्य आयोजनामा प्रतिवर्ष ३ सय ९० अमेरिकी डलर भिसा शुल्क लिने गरेको थियो। सञ्चार (पत्रकार) भिसाका लागि अमेरिकाले १ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको भिसा दिने गरेको छ भने नेपालले १ सय ४० अमेरिकी डलरमा १ वर्षको बहुप्रवेशी भिसा जारी गर्दै आएको थियो।

साभारः अन्नपूर्ण पोष्टबाट

सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

२० पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए ।

पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । ‘दुई ठूला एकता गर्ने सन्र्दभमा छलफल हुनु र फरक विचार आउनु स्वभाविक छ’ प्रचण्डले भने, दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए । साथै उनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्ऽ तोक्ने जिम्मासरकारलाई नै दिएको जानकारी दिए ।२०७४ पुष २० गते  प्रकाशित ।

साभारः अनलाइन खबरबाट

देउवालाई प्रचण्डको जवाफ-जनताले सत्ता हस्तान्तरण गरिसके, तपाईले त सघाउने मात्र हो

२० पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि प्रधानमन्त्री शेरवहादुर देउवाले वामपन्थी गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिएका छन् ।मंसिर २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि तथा कांग्रेस सभापति समेत रहेका देउवाले औपचारिक रुपमा बधाई समेत दिएका थिएनन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंले डाकेको सर्वदलीय बैठकमा देउवाले जनादेशबाट बहुमत ल्याउन सफल भएकोमा वाम गठबन्धनका नेताहरुलाई बधाई दिएको एमाले नेता सुवास नेम्वाङले बताए । ‘बैठकको शुरु गर्दै उहाँले पहिलो पटक हामीलाई वामपन्थी गठबन्धनले चुनाव जितेकोमा बधाई दिनुभयो । कांग्रेस पराजित भएको स्वीकार गर्नुभयो’ नेम्वाङले भने, ‘हामीले ढिलै भए पनि बधाई दिनुभएकोमा उहाँलाई धन्यवाद भन्यौं ।’


देउवाले बधाई दिँदा वाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली भने बैठकमा उपस्थित थिएनन् । वाम गठबन्धनका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए ।एमालेबाट उपाध्यक्ष भीम रावल सहित सुवास नेम्वाङ, बिष्णु पौडेल र अग्नि खरेल उपस्थित थिए । सामान्यतः चुनाव जित्ने नेतालाई फोनबाटै भने पनि बधाई दिने प्रचलन संसदीय राजनीतिमा हुन्छ । तर, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेसम्म वामपन्थी नेताहरुलाई बधाई दिएका थिएनन् । त्यसैले बालुवाटार बैठकमा उनले बधाई दिएपछि नेताहरुबीच चर्चाको विषय बनेको थियो ।

देउवाले बधाई मात्र दिएनन्, आफू शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए । देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको कुरा गरेपछि प्रचण्डले आपत्ति जनाएको शैलीमा प्रतिक्रिया दिए । उनले भने, सत्ता हस्तान्तरण जनताले चुनावबाटै गरिसके । तपाईले अब नयाँ सरकार गठनको लागि सघाउने मात्र हो ।’ उनले अघि भने, सत्ता हस्तान्तरण गर्ने तपाईले होइन, जनताले हो ।’ बालुवाटार बैठकमा कांग्रेस र वामपन्थी नेताहरुबीच यस्तै यस्तै घोचपेचहरु भए । कांग्रेसले नयाँ सरकार गठन हुन नदिन संविधान र संवैधानिक आयोगलाई हतियार बनाएको प्रसंग पनि उठेको थियो । नेताहरुबीचको अनौपचारिक कुराकानीमा एमालेका एक नेताले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि नयाँ सरकार गठन हुनुपर्नेमा राष्ट्रियसभा चुनाव गराएर मात्र छाड्ने अडान आयो । अब स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि हामी नै गराउँछौं भन्ने त होइन ?’

साभारः अनलाइन खबरबाट

साथीले लोला हान्यो, मैले पिटाई खाएँ: जितु नेपाल

सानो छँदा म बासँगभन्दा आमासँग नजिक थिएँ । बासँग चाहिँ ठ्याक मिल्थेन । बा बिहानै उठेर गीता पाठ गर्नु हुन्थ्यो । उहाँको चाहना थियो, छोराले रुद्री, चण्डी पढोस्, स्कुलमा फस्र्ट होस र ठुलो भएपछि मास्टर वा सरकारी कर्मचारी बनोस् । मलाई भने पढ्न सार्‍है अल्छि लाग्थ्यो । बिहान एक भारी घाँस काट्नु पथ्र्यो । घाँस काटेर आउँदा नै थकाईले लोथ भएको हुन्थेँ । घर सिन्धुपाल्चोकको ज्यामिरे डाँडामा थियो ।  स्कुल जानुपथ्र्यो सुनकोशी किनार । स्कुल जानै एक घण्टा लाग्थ्यो । जाँदा त ओरालो थियो दौडेर गइन्थ्यो । आउँदा उकालो बाटो सार्‍है थकाइ लाग्थ्यो । निर्मल पौडेल, उमाकान्त नेपाल, ताराप्रसाद नेपाल, लक्ष्मणलगायतको हाम्रो छुट्टै ग्याङ थियो । स्कुल जाँदा हामी कहिल्यै सोझो बाटो हिँडेनौ । जता जता अप्ठ्यारो बाटो थियो त्यतैबाट हिँड्थ्यौ । हामी स्कुल जाने बाटोमा आलुबखडा, आरु, अम्बाहरु भेटिन्थे । चिचिला लागेदेखि नै हामी चोर्ने विषयमा सल्लाह गथ्र्यौं । हाम्रो चोर्ने स्टाइल फरक थियो । दिदीहरुलाई पानी खान घरमा पठाउथ्यौ । हामीले फल चोरुन्जेल दिदीहरु पानी खाने बहानामा अल्मल्याउथे । हामी रुखवाट झरेपछि उनीहरु पनि आउथे । अनि हामी बाँडेर खान्थ्यौं ।

हामीले पहिलो पिरियड कहिल्यै पढेनौ । स्कुल पुग्दा जहिले एक पिरियड सकिएको हुन्थ्यो । दोस्रो पिरियड पढेपछि पनि हाइ-हाइ आउँथ्यो । कहिले हाफटाइम होला र बाहिर जान पाइन्छ जस्तो लाग्थ्यो । हाफ टाइममा निस्केपछि सिधै कोठे बजारमा क्यारेमबोर्ड खेल्न पुगिन्थ्यो । कतिपटक त क्यारेमबोर्ड खेलेर सिधै घर आउथ्यौ । स्कुलमा त मात्रै बाको लागि पढ्देका थियौं । हाम्रो स्कुलमा एउटा भलिवल थियो । नौ, दश कक्षाकाले खेल्थे । हामी पनि खेल्न पाउनुपर्छ भनेर भन्थ्यौं तर, हाम्रो कुरा कसैले सुने पो । ठुलाहरुले भलिबल खेल्न थालेपछि हामी छेउमा बस्थ्यौं । कतिवेल भलिबल र्झछ र टिप्न पाइन्छ भनेर । बल झरेपछि टिप्न कुद्ने १५ जना जति हुन्थ्यौं । बल भेट्या दिनमा त राजा नै भए जस्तो लाग्थ्यो । बा आमा खेतीपाती गर्नुहुन्थ्यो । हाम्रो घरमा कुखुरा पाल्ने चलन थियो । कुखुराले अण्डा पार्दैछ भन्ने थाहा पाएपछि हामी खोर रुँघेर बस्थ्यौं र अण्डा लुकाएर कोठी बजारमा लगेर बेच्थ्यौ । एउटा अण्डाको एक रुपैया दिन्थे । त्यतिवेला एक मोहोरको भटमासले अघाउथ्यौं । खाने कुराहरु पनि अहिले जस्तो थिएन । चकलेट, बिस्कुट थोरै थियो । मालागेडी, केराउगेडी पिपलमेठ पाइन्थ्यो ।

लुगा वर्षमा एकजोर स्कुलको डे्रस हाल्दिने चलन हुन्थ्यो । आइरन साइरन लगाउने चलन थिएन । यताउती कतै जाँदा पनि ड्रेसले चलाइन्थ्यो । पढ्न छ भन्दै साथीको घरमा जान्थेँ पढ्न त के खाएर पढ्नु । मेरो राती उठेर हिँड्ने वानी रहेछ । साथीसँग सुत्दा चाँही सर्ट बाँधेर सुत्ने गरेको थिएँ । पछि-पछि कोठी बजारमा भाडामा साइकल चढ्ने चलन आएको थियो । एक रुपैंयामा १ घण्टा चलाउन पाइन्थ्यो । दुई तीन जनाले पैसा जम्मा गरेर लान्थे । मेरो पालै आउदैन थियो । जो साइकलमा चढ्यो उ वेपत्ता हुन्थ्यो साइकल लिएर । एक दिन साईंला दाई साइकल लिएर जाँदा जाँदै भिरवाट लडेछन् । निकै घाइते भए । त्यसपछि घरमा थाहा भयो । साइकल चढिस् भने हात खुट्टा भाँचिदिन्छु भन्ने आदेश आयो । त्यसपछि साइकल चढ्न छाडेँ ।

दशैंमा सबै घरमा टिका लगाउँदा १२/१३ रुपैंया जम्मा हुन्थ्यो । एक रुपैंया भन्दा धेरै कसैले पनि दिएनन् । त्यो पैसा कापी, कलम र मसी किनेर सकिन्थ्यो । दशैपछि कापी किन्न पर्‍यो भने आमाले ‘तेरै पैसाले किन भन्नुहुन्थ्यो ।’ फागु पुणिर्मा आउन लागेपछि लोला हान्ने चलन सुरु भएको थियो । हामीसँग बेलुन किन्ने पैसा हुन्नथ्यो । हामी अरुले हानेको हेथ्र्यौ मात्रै । एकदिन एउटा केटाले अर्को कक्षामा लोला हान्यो । त्यहाँ सरले पढाइरहनु भएको रहेछ । लोला हान्नेवाला टेबलमुनी छिरिहाल्यो । म हाँसिरहेको थिएँ सरले मलाई सार्‍है नमज्जाले कुट्नु भयो । गल्ति नगर्ने मान्छेलाई किन कुटेको भनेर भनेँ । मेरो कुरा कसले सुन्ने ?

साभारः अनलाइन खबरबाट

वाम असहमतिको अर्थः विवादबाट बच्ने, भोलिका लागि बाटो राख्ने

२० पुस, काठमाडौं । शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखियो । जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो त फुक्यो तर देउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दियो । आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने प्रस्ताव राखेका थिए । तर, एमाले मात्र होइन, माओवादी नेताहरु पनि राजनीतिक सहमतिको पक्षमा देखिएनन् । दुबै दलका नेताहरुले ‘यो सरकारको काम हो, सरकारले गरोस्’ भनेका छन् ।


एक सहभागीका अनुसार वामपन्थी गठबन्धन यो विषयमा छलफल गर्न इच्छुक नै देखिएनन् । हिजोसम्म ‘नियुक्ति नगर, सपथ लिन्नौं’, ‘राजनीतिक सहमतिका आधारमा मात्र गर’ भन्ने एमाले र माओवादीका नेताहरु आज किन ‘सरकारले गरोस्’ भनिरहेका छन् ? यसको अन्तर्य बुझ्न हामीले बैठकमा सहभागी एमाले र माओवादीका नेताहरुसँग अनौपचारिक सम्वाद गर्‍यौं । उनीहरु प्रष्ट सन्देश दिए, देउवा सरकारलाई राजनीतिक सहमति नदिनुको अर्थ हो, अहिले प्रदेश प्रमुख नियुक्त गर्न दिएर प्रदेशसभा गठनका लागि बोटो खोल्ने र, भोलि नयाँ सरकारले आफू अनुकुल प्रदेश प्रमुख नियुक्तिका लागि बाटो खुला राख्ने । प्रदेशको अस्थायी मुकामलाई लिएर भइरहेको विवादमा नपर्ने ।’

बाध्यता र स्वार्थ

निर्वाचन आयोगले प्रष्ट पारेको छ कि प्रदेशसभाको परीणाम बुझाउन प्रदेश प्रमुख चाहियो । प्रदेशसभाका सांसदहरुले प्रदेश प्रमखबाट सपथ नगरेसम्म राष्ट्रियसभाको मतदाता हुन नपाउने भए । यदि तत्काल प्रदेश प्रमुखहरु नियुक्त नगर्ने हो भने प्रदेशसभा नै गठन नहुने र अन्तत नयाँ सरकार गठनमा नै बिलम्ब हुने देखियो । तर, देउवाले चाहेको जस्तो राजनीतिक सहमति गर्ने हो भने आफूले चाहे जस्तो पनि हुँदैन । किनकी सहमति खोज्दा आफ्नातर्फबाट सिफारिस केही मात्र पर्छन् । सरकार जसको छ, उसले दिएको भरमा चित्त बुझाउन बहुमत प्राप्त बामपन्थी गठबन्धन तयार भएन । त्यसैले वाम गठबन्धनले अहिले देउवा सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न दिने बाटो लिएको छ । अहिले असहमति राख्दा सरकार गठनमा झनै बिलम्ब गर्ने बहाना देउवाले पाउने भएकाले उनीहरु यसमा छलफलै नगरि मौन सहमति दिए हिँडेका हुन् ।

तर, राजनीतिक सहमति नदिएर भोलि आफ्नो सरकार बनेपछि हटाउने बाटो पनि राखेको छ । बालुवाटार बैठकमा सहभाथी एमालेका एक नेतालाई हामीले सोध्यौं-प्रदेश प्रमुख र राजधानीको सहमतिबाट एमाले ‘स्केप’ हुन खोजेको हो ? उनले भने-प्रदेश प्रमुख नयाँ सरकारले तोक्ने हो । हामीले फेरि सोध्यौं-त्यसो भए प्रदेश सदस्यहरुको सपथ ग्रहण कसले गराउछ त ? उनले कूटनीतिक जवाफ दिए, ‘प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधि हो । यो सरकारले आफ्नो प्रतिनिधि नियुक्त गर्छ भने गरोस् । भोलि नयाँ सरकार आएपछि आफ्नो प्रतिनिधि तोक्नेछ ।’ उनको प्रष्ट संकेत थियो, यो सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ लिन्छौं । तर, केन्द्रमा नयाँ सरकार बनेपछि उसले नयाँ प्रदेश प्रमुख पनि तोक्नेछ । माओवादीका एक नेताकाअनुसार यदि कांग्रेसले सत्ता हस्तान्तरण सहितका विषयमा प्याकेजमा सहमति गर्न चाहेको भए प्रदेश प्रमुखमा पनि सहमति हुने थियो ।

तर, सत्ता हस्तान्तरण फागुनसम्म लम्ब्याउन चाहेकाले प्रदेश प्रमुखमा पनि राजनीतिक सहमति नदिइएको हो र भोलि आफ्नो अनुकुल नियुक्ति गर्ने बाटो राखिएको हो । प्रदेशहरुको अस्थायी राजधानी तोक्ने जिम्मा पनि वाम गठबन्धनले सरकारलाईर् नै दिएको छ । तर सरकारको निर्णयमा उसको सहमति पनि हुने छैन ।

यसमा भने वाम गठबन्धन विवादबाट बच्न चाहेको छ । खासगरी प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने बहस वाम गठबन्धनमा छ र, जहाँ तोके पनि नपाएको ठाउँमा आन्दोलन हुनेमा देखिन्छ । प्रदेश ७ को पनि राजधानीलाई लिएर पहाडी जिल्लाहरुमा आन्दोलन भइरहेको छ । अहिले सरकारले गर्ने राजनीतिक निर्णयमा सहमति जनाउने हो भने विवादमा पर्ने र आन्दोलनको तारो बन्नु पर्ने बुझाइ वाम गठबन्धनका नेताहरुको छ । साथै भोलि केन्द्र तथा प्रदेशहरुमा आफ्नो सरकार बनेपछि विपक्षमा रहने कांग्रेेसले नै सरकार विरुद्ध आन्दोलन चर्काउन सक्ने आशंका वाम नेताहरुको छ ।

साभारः अनलाइन खबरबाट

झलनाथ खनालले भने– राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै हिँड्दिन

२० पुस, झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले आफूले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार गर्दै नहिँड्ने बताएका छन् ।भावी राष्ट्रपतिको दाबेदारको रुपमा खनालको चर्चा भइरहँदा उनको यो अभिव्यक्ति आएको हो । बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘राष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण भूमिका हो । त्यसलाई म अस्वीकार चाहिँ गर्दिन । तर, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गरेर हिँड्ने वाला पनि छुइन ।’


उनले आफू सक्रिय मान्छे भएको भन्दै निरन्तर सक्रिय रही रहने समेत बताए । ‘म सक्रिय मान्छे हुँ । निरन्तर सक्रिय भइरहन्छु’, उनले भने, ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’अर्को प्रसङ्गमा उनले वाम एकताका लागि निरन्तर छलफल भइरहेको बताए । ‘पार्टी अध्यक्ष कसलाई बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा हामी नेतृत्व पंक्तिबाट छलफल गरेर निष्कर्षमा पुग्छौं’, खनालले भने । २०७४ पुष २० गते  प्रकाशित

साभारः अनलाइन खबरबाट

भक्तपुरमा सवारी दुर्घटना, तीन महिने खुसीको ज्यान गयो

१९ पुस, काठमाडौं । भक्तपुरको पाण्डुबजारमा भएको सवारी दुर्घटनामा तीन महिने शिशुको मृत्यु भएको छ ।सूर्यविनायक नागरपालिका ६ पाण्डुवजारबाट सुन्दरवस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ को भ्यानले ११वषर्ीया लक्ष्मी ध्यावालाई ठक्कर दिएको थियो ।स्थानीय सरोज ध्यावाकी छोरी लक्ष्मीले तीन महिनाकी शिशुलाई बोकेकी थिइन् । भ्यानले लक्ष्मीलाई ठक्कर दिँदा ३ महिनाकी खुसी खस्न पुगिन् ।


भक्तपुरमा सवारी दुर्घटना, तीन महिने खुसीको ज्यान गयो

घटनामा घाइते भएकी उनलाई तत्काल सिद्धि स्मृति अस्पताल पुर्‍याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारी र चालक किशोरकुमार सुकुभुटुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । २०७४ पुष १९ गते  मा प्रकाशित ।

साभारः अनलाइन खबरबाट

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोह प्रहरी फन्दामा

१९ पुस, वीरगञ्ज । हृवाट्सअप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहका तीन सदस्यलाई बारा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १८ सुखचैनाटोल बस्ने २१ बर्षीय संजयकुमार राम, वीरगञ्ज २१ ताजपुर बस्ने २१ बर्षकै अफताव आलम र भारतीय नागरिक २२ बर्षीय कमलेश यादव छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक हरि प्रसाद भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गत पुस १४ गते कलैयाको भरतचोकबाट पक्राउ गरेको हो । उनीहरुले सामाविक सञ्जालमार्फत ‘तपाईलाई ठुलो राशीको चिठ्ठा परेको छ । सरकारी राजश्व वापत अगि्रम केही रकम जम्मा गर्नु पर्छ’ भनि मानिसहरुलाई प्रलोभनमा पार्दै आएका थिए ।

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोह प्रहरी फन्दामा

प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरुमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको बारा प्रहरीले जनाएको छ । ठगेको रकम उनीहरुले भागबण्डा लगाएर लिने गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब निरीक्षक भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेका मध्ये अफताब आलमले नक्कली कागजातहरु तयार गर्ने, मनी ट्रान्सफरहरुको कोड उपलब्ध गराउने र प्राप्त रकमको १५ देखि २० प्रतिशत लिने गरेको थिए । कमलेशले पीडितहरुले पठाएको रकम निकालेर सम्बन्धित व्यक्तिहरुको भाग छुट्टाई बाँकी रकम भारु सटही गरी भारतीय व्यक्तिको खातामा जम्मा गर्थे । संजय कुमार रामले आफ्नो नागरिकता प्रयोग गर्ने र प्राप्त रकमको १० प्रतिशत लिने गरेका थिए । उनीहरुलाई मुलकी ऐन ठगीको महल बमोजिम जिल्ला अदालतबाट दिन ६ हिरासतमा राख्ने म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक साहले बताए । पछिल्लो समयमा बारा, पर्सामा सामाजिक सञ्जालमार्फत ठगी गर्ने चलन बढ्दै गएको छ । यसअघि पर्सा प्रहरीले दुई पटक गरी लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने दुईवटा गिरोहका ९ जना सदस्यलाई पक्राउ गरिसकेको छ ।

साभारः अनलाइन खबरबाट


रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

१९, पुस, चितवन । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ । एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो ।

 रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । २०७४ पुष १९ गते  प्रकाशित ।

साभारः अनलाइन खबरबाट