जेलबाटै भोट प्रभावित - Taja Samachar Online

जनकपुरधाम : जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र प्रसारण गर्न नपाइने दाबी गरिरहेका थिए। अनुरागीचाहिँ जेलरलाई निवेदन दिएर बन्दीसँग अन्तर्वार्ता लिएको र कैदी, बन्दी प्रेसमार्फत आफ्नो कुरा सार्वजनिक गर्न स्वतन्त्र रहेको जिकिर गरिरहेका थिए।बन्दीको समर्थन पाएको कांग्रेस पनि ढुक्क थिएन। बन्दीले बोलेका कुराले नकारात्मक प्रभाव पार्ने त हैन भनेर संशकित कांग्रेस समर्थक उनले के के बोले भन्ने कुरा अन्तर्वार्ताअघि नै जान्न चाहन्थ्यो। काठमाडौंमै रहेका उम्मेदवार विमलेन्द्र निधिले पनि केही पत्रकारलाई फोन गरी अन्तर्वार्तामा के के भनेका छन्, भनेर बुझ्न खोजेका थिए।

अन्तर्वार्ता प्रसारण हुने कुराले मात्र यस क्षेत्रको चुनावी माहोलमा तरंग ल्याउन सक्ने बन्दी सञ्जय साह हुन्, जो ०६४ र ०७० सालको संविधानसभामा जनकपुर सहर पर्ने क्षेत्रबाट निर्वाचित भएका थिए। अन्तर्वार्ता प्रसारण हुने समय (साँझ ७) भन्दा आधा घन्टाअघि नै साहका समर्थक गाडीमा ठुल्ठूला स्पिकरसहित सहरका प्रमुख चोकमा भेला भइसकेका थिए। स्पिकरमार्फत परसम्म सुनिने गरी अन्तर्वार्ता सुनाइएको थियो। डिल्लीबजार जेलमा रहँदा साह निधिको पक्षमा सक्रिय भएका थिए। र, उनले भोटमा पार्नसक्ने प्रभावबारे चर्चा सुरु भएको थियो। बिहीबार काठमाडौंबाट सिरहा कारागार ल्याएपछि उनका समर्थकले राजपा उम्मेदवार राजेन्द्र महतोविरुद्ध प्रचारबाजी सुरु गरिसकेका थिए। सरुवा भई केही दिनअघि सिरहा जेलमा आएपछि धनुषा ३ को चुनावी दंगलमा साहको चर्चा चुलिएको छ। साहका समर्थक जनकपुरबाट ३ घन्टा यात्रा गर्नुपर्ने सिरहा पुगेर उनको निर्देशन लिइरहेका छन्। जनकपुर बम विस्फोट, सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका साथै सम्पत्ति शुद्धीकरण मुद्दा झेलिरहेका साहको दुई हेभिवेट प्रतिस्पर्धा गरिरहेको क्षेत्रमा यति धेरै चर्चा किन ? धनुषा-३ को चुनाव निधि र महतोको राजनीतिक भविष्यको टर्निङ प्वाइन्ट हुने अनुमान गरिएको छ। कांग्रेस नेतृत्वमा पुग्न सक्ने ठानिएका निधि चुनाव हारेपछि पर्न सक्छन्।

 

राजपा अध्यक्ष मण्डलमा महन्थ ठाकुरपछिको नेता ठानिएका महतोलाई लगातार दोस्रो पराजयले धक्का लाग्नेछ। तर, चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन, मतदाता नै नेक टु नेक प्रतिस्पर्धा हुने भनिरहेका छन्। यस्तो प्रतिस्पर्धामा महतोलाई जान सक्ने थोरै मात्र निधिको पक्षमा पारिदिन सके त्यही निर्णायक हुने भएकाले साहको महत्व चुलिएको छ। जेलबाटै निधिको पक्षमा सक्रिय हुन थालेपछि महतो पक्ष चिन्तित देखिन्छ। स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकामा राजपाको प्रचार संयोजन गरेका धमेन्द्र साह सञ्जय निकट हुन्। सञ्जयले निधिलाई समर्थन गरेपछि उनी अहिले चुपचाप बसिरहेको बताउँछन्। निधि पक्षचाहिँ केही न केही फाइदै हुने अनुमान लगाइरहेको छ। जनकपुरमा बाहुबलको भरमा गरिने ठेकेदारीमा निधिनिकट जीवनाथ चौधरीसँग टक्करका कारण साहको निधिसँग दुस्मनी नै थियो। तर, यसपालि राजेन्द्र महतोसँग प्रतिस्पर्धा सजिलो नहुने ठम्याएरै हुनुपर्छ निधिले साहसँग दोस्ती गरेका छन्। उनले आफ्नै पार्टीका अध्यक्ष महतोसँग दुस्मनकै व्यवहार गरिरहेका छन्। पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमको टिकटमा जितेका साह दोस्रो संविधानसभामा महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका थिए। महतोले नै साहलाई बम काण्डमा फसाएको सन्देश उनका समर्थकले मतदातासमक्ष भनिराखेका छन्। उनका समर्थकले राजेन्द्र महतो बहुरुपिया, घुसपैठिया लेखेको ब्यानरसहित गाडीमा सहर घुम्न थालेपछि आइतबार उनका ६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो। जसको निधिसमर्थकले विरोध गरेका थिए। एकातर्फ आफूलाई सच्चा मधेसवादी रहेको दाबी गर्ने साह अर्कोतिर राजपाका प्रमुख नेता महतोविरुद्ध खुलेरै प्रचारबाजी गर्दा उनको राजनीतिक चरित्रमाथि नै यस क्षेत्रका बुद्धिजीवीले प्रश्न उठाउन थालेका छन्।

अधिवक्ता विमल मि श्र भन्छन्, ‘सञ्जयले कांग्रेसका प्रभावशाली नेता निधिलाई जेलबाट निस्कने सिँढीका रूपमा मात्र प्रयोग गर्न खोजिराखेका छन्। उनलाई अहिले जेलबाट निस्कनमा जसले सहयोग गर्छ उनी त्यसको अगाडि आत्मसमर्पण गर्नेछन्। निधिलाई पनि चुनाव हरहालतमा जित्नुपर्ने हुनाले उनी सञ्जयको सहयोग लिनसमेत पछि परेका छैनन्। तर, यो सहयोग भविष्यमा यथावत् रहने सम्भावना न्यून रहेको मि श्रको विश्लेशण छ। स्थानीय पत्रकार राजेशकुमार कर्ण सञ्जयको समर्थनले निधिलाई फाइदै पुर्‍याउने अनुमान गर्छन्। जनकपुरको साहुजी (सुडी) समुदाय महतोका लागि बल हुने अनुमान गरिएका बेला त्यही समुदायका साहको सक्रियताले मत विभाजित हुन सक्छ। अर्कोतर्फ साहका समर्थकको संख्या सहर क्षेत्रमा मात्रै सीमित भएको हुनाले यसले समग्र निर्वाचन क्षेत्रमा खासै प्रभाव नपार्ने आकलन राजपा पक्षको छ। तैपनि, राजनीतिक भविष्यबारे अहिले अनुमान गर्न सकिन्न र आर्थिक अवस्था पनि खस्किसकेका जघन्य अपराधमा जेलमा रहेका अभियुक्तले साहुजी समुदायको कति भोट प्रभावित पार्न सक्छन् अनुमान गर्न गाह्रै छ। साहका समर्थक धमेन्द्र साह सञ्जयको समर्थनले गर्दा निधिलाई ५ देखि ७ हजार भोट फाइदा हुने दाबी गर्छन्। उनका अनुसार वैश्य (सुडी, कलवार, तेली) समाज र मजदुरी गर्ने वर्गमा सञ्जयको जबर्जस्त प्रभाव थियो, त्यो समुदाय अहिले पनि फसाइएको ठान्छ र सञ्जयप्रति सहानुभूति राख्छ र्। सञ्जयले समर्थन नगरेको भए त्यो समूहको भोट स्वतः राजपालाई जान्थ्यो।' फेरि जीवनाथ चौधरीलाई संरक्षण दिएकैमा निधिको आलोचना भइरहेका बेला साहसमेत साथमा लिँदा मतदातामा निधिप्रति थप विकर्षण हुने अनुमान लगाउने पनि छन्।

को हुन् सञ्जय साह ?

धनुषाको लोहना गाउँको सामान्य व्यापारी परिवारमा जन्मिएका सञ्जय साह आफ्नो बुबा साधु साहसँग जनकपुरमा सानो किराना पसल सञ्चालन गर्ने गर्थे। सुरुवातमा कवाडी र स-सानो ठेक्कापट्टाको काम गर्ने साह पछि राजनीतिक नेताको सहयोगमा ठुल्ठूला ठेक्कापट्टा लिन थाले। ०५२ मा जिविस धनुषाको ठेक्कापट्टामा हात हालेका उनले ५० को दशकको अन्त्यमा आइपुग्दा हालको प्रदेश २ मा पर्ने सबै जिल्लाको जिविसको कवाडी करको ठेक्का हत्याउन सफल भएका थिए। जिविसका साथै सेना र पुलिसको रासन ठेक्काको कारण उनको सम्बन्ध नेता, प्रशासक, सेना, पुलिस सबैतिर विस्तार भएको हो। निर्माण व्यवसायको ठेक्का, जग्गा कारोबार, मनी ट्रान्सफर, पेट्रोल पम्प सञ्चालन, यातायात व्यवसायलगायत दर्जनौं व्यवसायमार्फत छोटो अवधिमा धेरै सम्पत्तिका मालिक भए साह। त्यतिबेला नगर क्षेत्रमा पहाडी र मधेसी समुदायका युवाबीच अस्वस्थ खाले प्रतिस्पर्धा हुने गथ्र्यो। यहाँको भानु चोकलाई खुकुरी चोकको नामसमेत दिइएको थियो। युवाबीच दिनहुँ हुने मारपिट र झैझगडामा अग्रणी भूमिका खेल्ने गरेका साहलाई सो बेला नै सञ्जय टकलाको उपनाम साथीहरूले दिएका थिए।

सोही झैझगडाको राजनीतिबाट जन्मिएका साह विस्तारै नेताहरूको आँखामा बस्न थाले। साहलाई समर्थनमा लिएर नेताहरूले आफ्ना ठेक्कापट्टाको विवाद बाहुबलबाट सल्टाउने कामसमेत गर्थे। उनको अपराधलाई लुकाउँदै उनलाई राजनीतिक संरक्षण भेट्दै गएपछि साहको मनोबल पनि उच्च हुँदै गयो। ०६३ को मधेस आन्दोलनमा साहले आर्थिक तथा प्राविधिक रूपले सहयोग गरी मधेसी दलका ठूला नेतालाई प्रभाव पार्न सफल भए। मधेसी दलमा आर्थिक रूपमा सम्पन्न कार्यकर्ता नभएका कारण साहलाई संविधानसभाको उम्मेदवार बनाइएको थियो। साहले आफ्नो बाहुबल र चर्चित नामको कारणले कांग्रेस नेत्री लीला कोइराला र एमालेका रघुवीर महासेठलाई हराउँदै निर्वाचनमा मधेसवादी दलको झन्डा उचो पार्न सफल भएका थिए। मधेसी दलमा गुटबन्दी र फुटको राजनीति सुरु भएपछि दोस्रो संविधानसभा निर्वाचनमा उनी सद्भावना पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेका थिए। साहले भौतिक योजना तथा निर्माण राज्यमन्त्रीको पदभारसमेत सम्हाल्ने अवसर पाएका थिए।

सुजित महत/मनिका झा ,साभारः अन्नपूर्ण पोष्टबाट

कसले हान्दै छ बम ? - Taja Samachar Online

 

काठमाडौं : गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । चुनावी गतिवधि सुरु भएसँगै तीव्र बनेको विस्फोटमा पहिलोपटक मानवीय क्षति भएपछि आमजनताले बम विस्फोट गराउनेको खोजी गर्न सरकारलाई दबाब दिइरहेका छन् । ‘के उद्देश्यले र कसले गराएको थियो विस्फोट ? मुलुकभर कसले र किन बम पड्काइरहेको छ ? ' आमजनता यसको जवाफ खोजिरहेका छन् ।गृह मन्त्रालयले विस्फोटमा परी घाइते भएका चौधरीको उपचारक्रममा मृत्यु भएको पुष्टि गरे पनि कसले विस्फोट गराएको थियो भन्ने जवाफ दिन सकेको छैन ।

कसले हान्दै छ बम ?

विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् वा उच्छृंखल समूह वा सर्वसाधारणले भन्ने गरेजस्तो ‘अदृश्य विदेशी शक्ति' या अरू कुनै समूह ? यसबारे सरकारसँग प्रशस्त सूचना भएको र सुरक्षा निकायले पहिचान पनि गरिसकेको विभिन्न स्रोतले पुष्टि गरेका छन् । तर, सरकारले आधिकारिक रूपमा जानकारी नदिँदा सर्वसाधारणमा त्रास बढ्दो छ । ‘कसले विस्फोट गराउँदै छ भन्नेबारे पछि भन्छौं', गृहप्रवक्ता नारायणप्रसाद दुवाडीले भने । चौधरीको मृत्युपछि परम्परागत शैलीमा दिइने १०/१५ लाख रुपैयाँ क्षतिपूर्ति नै जीवनको मूल्य हो या विस्फोट गराउनेलाई कारबाही गरेर सरकारले उनको परिवारलाई न्याय दिन्छ ? अर्थात् क्षतिपूर्तिका रूपमा दिने त्यही १०/१५ लाख रुपैयाँलाई न्यायमा रूपान्तरण गरेर पन्छिन खोज्दै त छैन सरकार ? सायद जनता पनि सरकारबाट मुुलुकभर भएका विस्फोटका घटना र चौधरीको मृत्यु प्रकरणको उचित जवाफ खोजिरहेका छन् । के सरकारले सही जवाफ दिन सक्ला ? प्रधानमन्त्री देउवाले गृहमन्त्री नतोकेर त्यसको डाडुपन्यु पनि आफैँले लिएका छन् । सबै घटनाको जवाफ देउवाको काँधमा छ ।

प्रधानमन्त्री देउवाले आफ्नै आँखाअगाडि भएको विस्फोटको घटना त देख्दैनन् भने मुलुकभर भएका घटना कसरी देख्लान् ? गृहमन्त्रीसमेत रहेका उनले विस्फोट गराउँदै हिँड्ने समूहसमेत चिन्दैनन् । अब प्रधानमन्त्री देउवाले जवाफ दिने बेला भएन र ! सबै सुरक्षा निकायले विस्फोट गराउने समूहबारे स्पष्ट रूपमा प्रधानमन्त्रीलाई रिपोर्टिङ गरिसकेका छन् । सायद ती समूहका व्यक्ति पक्राउ गर्न र उनीहरूमाथि कारबाही गर्न सुरक्षा निकायले समेत प्रधानमन्त्रीको आदेश पर्खिरहेका छन् । विस्फोट गराउने समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन । निर्वाचन प्रक्रिया सुरु भएदेखि लगातार भएका विस्फोटमा कैयौं घाइते भएका छन् । राजधानीलगायत मुलुकभर नै विस्फोट भइरहेको छ । बुधबार पनि उदयपुरमा चुनावी कार्यक्रमलाई लक्ष्य गरी राखिएको एम्बुस विस्फोट हुँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीलगायत घाइते बने । उक्त घटना गराउनेलाई समेत अज्ञात समूह भनियो ।

को हो त विस्फोट गराउँदै हिँड्ने समूह ? प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भनेझैं ‘उच्छृंखल समूह' हो भने सुरक्षा निकायले किन पक्राउ गर्न सक्दैनन् । निर्वाचनविरोधी गतिविधिमा सक्रिय भएको भन्दै सुरक्षा निकायले झन्डै तीन सय जना नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपाका कार्यकर्ताले विस्फोट गराएका हुन् भने सरकारले किन त्यसका महासचिव नेत्रविक्रम चन्दसहित ठूला नेतालाई पक्राउ गर्न सक्दैन ? तिनले विस्फोट गराएका होइनन् भने किन भटाभट समातिरहेको छ ? दोहोरो चरित्रमा सरकार बस्नु कदापि स्वीकारयोग्य छैन । कहिलेसम्म विस्फोट गराउने समूहलाई ‘अज्ञात' भन्दै छुटकारा दिने ? विस्फोटमा परी मारिएका म्यादी प्रहरी चौधरीकी पत्नी र छोरीलाई सरकारले के जवाफ दिन्छ ? मंसिर ३ मा रक्षा मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘उच्छृंखल र निर्वाचनविरोधी' समूहले विस्फोट गराएको बताए । को हुन् त उच्छृंखल र निर्वाचनविरोधी समूह ? यसबारे न प्रधानसेनापतिले मुख खोल्न सके न त त्यहीं उपस्थित रक्षामन्त्री भीमसेनदास प्रधानले । विस्फोटन गराउँदै हिँड्ने समूह बलियो र राज्यचाहिँ उनीहरूको अगाडि निरीहझैँ बनेको छ । सुरक्षाकर्मीकै ज्यान जाने गरी भएका यस्ता घटनामा संलग्नको पहिचान गर्न नसक्नु र ‘अनुसन्धान हुँदै छ' भन्ने ओठे जवाफ मात्रै दिइनु गम्भीर विषय हो ।


शम्भु कट्टेल,साभारः अन्नपूर्ण पोष्टबाट

प्रत्यक्षतर्फको नतिजा साताभित्रै - Taja Samachar Online

काठमाडौं: निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं', ढकालले अन्नपूर्णसँग भने । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ । स्थानीय निर्वाचनमा मतपरिणाम आउन हप्तौं लाग्दा सर्वसाधारणदेखि लिएर दलका नेता-कार्यकर्तासमेत आयोगप्रति रुष्ट बनेका थिए । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो । आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिएलगत्तै पाँच बजेबाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिनेछ । २१ गते मतदान भएर मतपेटिका विभिन्न स्थानबाट प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आएलगत्तै दोस्रो चरणको गणना पनि थालिने उनले बताए ।


एकैपटक गणना थालेर साताभित्रै नतिजा सार्वजनिक गर्नेछौं,' उनले भने । दोस्रो चरणमा निर्वाचन हुने अधिकांश जिल्ला सुगम रहेकाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्न धेरै समय नलाग्ने आयोगको विश्लेषण छ । आयोगद्वारा जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४ अनुसार मतगणना गर्ने स्थानको व्यवस्था, मतगणनाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था तथा मतगणनाको आवश्यक सुरक्षा गर्ने काम निर्वाचन अधिकृतले गर्नेछ । निर्वाचन अधिकृतले नै प्रमुख मतगणना अधिकारीको भूमिका निर्वाह गर्नेछन् र उनकै नेतृत्वमा अधिकृतस्तरको सहायक मतगणना अधिकारी, सुब्बास्तरको मतगणना सहायक, कम्प्युटर अप्रेटरसहित गणक तीन जना र सहायक गरी सात जना कर्मचारी मतगणनाका लागि परिचालित हुनेछन् । निर्वाचन अधिकृतले आवश्यकताअनुसार थप कर्मचारी माग गर्न सक्ने व्यवस्था छ । प्रत्येक मतगणना टोलीले गणना सुरु भएपछि प्रत्यक्षतर्फ प्रतिसिफ्ट कम्तीमा तीन हजार र समानुपातिकतर्फ १५ सय मतपत्र गणना गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगका अनुसार सकेसम्म प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना सँगै गर्ने व्यवस्था मिलाइनेछ । त्यसपछि दुवैतर्फको समानुपातिकतर्फको गणना थालिने आयोग प्रवक्ता ढकालले बताए । ढकालले समानुपातिकतर्फ पनि दुईदेखि तीन सातासम्ममा पूरै नतिजा ल्याउने गरी जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।

सागर पण्डित ,साभारः अन्नपूर्ण पोष्टबाट

५० हजार घुससहित इन्जिनियर पक्राउ

पोखरा : नहर (कुलो) निर्माण सम्पन्नको प्रमाणपत्र दिएबापत ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले सिँचाइ डिभिजन कार्यालय कास्कीका इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको छ। बुधबार सिँचाइकै कार्यालय पोखरा १३ भद्रकालीबाट परिसरभित्रकै निवास जाँदै गर्दा इन्जिनियर भुर्तेललाई घुसको रकमसहित समातेर आफ्नै हिरासतमा राखेको अख्तियार पोखरा प्रमुख यदु पन्थीले जानकारी दिए।

५० हजार घुससहित इन्जिनियर पक्राउ

उनका अनुसार रुपा गाउँपालिकामा बनेको १ हजार ७ सय मिटर लामो टाकान्जा टार नहर कुलोको सम्पन्न प्रमाणपत्रका लागि भुर्तेलले घुस लिएका हुन्। पोखरा बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्स्ट्रक्सनले १ करोड ५० लाख रुपैयाँमा उक्त नहर कुलो निर्माण गरेको थियो। महिनौंसम्म पनि निर्माण सम्पन्नको प्रमाणपत्र नदिएर झुलाउँदै इन्जिनियर भुर्तेलले घुस मागेको सिकायत अख्तियारलाई गरेका थिए। त्यसैका आधारमा अख्तियारले भुर्तेललाई पैसासहित पक्रेको हो। अनुसन्धान जारी राखेको र थप कारबाहीका लागि प्रहरी हिरासत वा आयोगकै केन्द्रमा पठाउन सकिने पन्थीले जानकारी दिए।

केशवशरण लामिछाने ,साभारः अन्नपूर्ण पोष्टबाट

सिन्धुलीमा बम विस्फोट

सिन्धुलीः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलामा गएराति चुनावी प्रचारको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ। हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष काल्साङ थिङसहित चुनावी प्रचारको टोली चढेको बा १५ च २७४७ नम्बरको गाडीलाई लक्षित गर्दै प्रेसर कुकर विस्फोट गराइएको अध्यक्ष थिङले बताए।क्यानखोलाको बगरमा बालुवामा छोपी राखेको बम विस्पोट हुँदा मानवीय क्षति नभएपनि बालुवाले गाडी छोपिएको थिङले जनाए।

मंगलबार राति करिव ७ बजेको समयमा बम विस्फोट भएको स्थानीयको भनाई छ। तर, उक्त विषयमा सिन्धुली प्रहरीले भने बम विस्फोट नभई कसैले प्रेसर कुकर राखेर तर्साएको हुन सक्ने प्रतिक्रिया दिएको छ। सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोदराज शर्माले बम नभएर थोत्रो प्रेसर कुकर बगरमा राखेर छोडेको बताए।

राजन गाउँले ,साभारः अन्नपूर्ण पोष्टबाट

उदयपुर विस्फोटका घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं : एम्बुस विस्फोटमा घाइते भएका उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ। कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ। अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कार्की उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार हुन्। कट्वाल उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघ सभापति हुन्। अन्य घाइतेलाई पनि ल्याउने तयारी ।


विस्फोटमा घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले जानकारी दिए।उनीहरूलाई पनि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदैछ। उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ कांग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो। कार्की २०७० सालमा क्षेत्र ३ बाट निर्वाचित सांसद हुन्। घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोटन गराइएको थियो।

</p>

दिनेश गौतम , साभारः अन्नपूर्ण पोष्टबाट

मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !

१३ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा कोही प्रतिस्पर्धी नदेखेको बताइरहेकै बेला उनका प्रतिद्वन्द्वीले चुनाव हराइदिने चेतावनी दिएका छन् । ओलीले झापा ५ मा आफ्नो जित निश्चित भएको बताइरहँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले यसपालि ओलीलाई झापा ५ का जनताले हराएरै छाड्ने दाबी गरे ।‘मतदातासमक्ष पुग्दा ओलीले आफूहरुलाई पटक–पटक झुक्याएको भन्ने गुनासो सुन्ने गरेको छु’, डा. अधिकारीले भने, ‘ओलीले प्रशस्त आश्वासन दिए, तर, काम गरेनन् । त्यसैले यसपालि झापा ५ का जनताले मलाई चुन्नेछन् ।’ कांग्रेस उम्मेदवार अधिकारीले केपी ओली झापाबाट बसाइँ सरेर भक्तपुरमा बस्न थालेको र चुनाव लड्नमात्रै झापा आउने गरेको बताए । अधिकारीका अनुसार केपी ओलीको मतदाता नामावलीसमेत झापामा छैन । ‘एकचोटि छाडिसकेको क्षेत्र, त्यसमाथि पनि अहिले त बसाईँ नै सरेर गइसकेका छन्’, अधिकारीले केपी ओलीलाई ‘टुरिष्ट उम्मदेवार’ को संकेत गर्दै भने, ‘त्यसैले जनताको सेवा गर्छु भनेर आएको युवालाई मौका दिनुपर्छ भनेर आम मतदाताले भन्ने गरेका छन् ।’ कांग्रेस नेता डा. अधिकारी ओलीबिरुद्ध चुनाव लड्न १७ वर्ष लामो प्राध्यापन पेशाबाट राजीनामा दिएर मैदानमा आएका छन् ।

मतदातालाई ल्वाङ र सुकुमेल !

केपी ओलीका प्रतिस्पर्धी डा. अधिकारीले झापा–५ का मतदाताका घरघरमा पुगेर ल्वाङ र सुकुमेल बाँडिरहेका छन् । उनले आफूले मतदातालाई दिन सक्ने त्यही ‘ल्वाङ, र सुकुमेल’ भएको बताए । ‘अरुले मतदातालाई रिझाउन साम, दाम, दण्ड, भेद सबै थोक प्रयोग गर्छन्’, कांग्रेस उम्मेदवार अधिकारी भन्छन्, ‘तर, मेरो हैसियतले त्यो सबै भ्याउँदैन ।’ अनलाइनखबरसँग कुरा गर्दै अधिकारीले ल्वाङ र सुकुमेल दिएर मतदातालाई मतदानमा सहभागी हुन निम्तो गरेको बताए । उनले थपे, ‘राजनीतिलाई भ्रष्टाचारमुक्त राख्नसमेत यस्तो साङ्केतिक अभियान थालेको हुँ ।’ केपी ओली यसअघि पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुको चुनावी अभियानमा व्यस्त थिए । बुधबार उनी झापास्थित आफ्नो क्षेत्रमा पुगेका छन् । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले चुनावी प्रचारका लागि मतदातालाई हवाई पत्र पठाइरहेका छन् ।

अन्य क्षेत्रका उम्मेदवारहरुले फेसबुक लाइभ, सोसियल मिडियामा पोष्ट बुस्ट जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर मतदातालाई आकर्षित गराइरहेका छन् । तर, ओलीले भने परम्परागत शैलीमा मतदातालाई हवाई पत्र पठाइरहेका छन् ।ओलीले हवाई पत्रमा परम्परागत शैलीमा लेखेका छन्, ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, नमस्कार ! आराम रही आरामको कामना गर्दछु । तपाईंहरूसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुनेजस्तो लागेर यो पत्र लेख्दै छु । खासगरी आजको पत्रमा संघारमै आएको चुनावको विषयलाई लिएर दुई–चार शब्द कोर्दैछु ।’ओलीद्वारा प्रेषित पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’ओलीका प्रेस प्रमुख चेतन अधिकारीले झापा ५ मा मात्र नभई देशैभर ओलीको हस्ताक्षर रहेको पत्र वितरण गरिएको बताए । ‘पार्टी च्यानलबाट देशैभर घरघरमा पत्र बाँडिएको छ’, अधिकारीले अनलाइनखबरसँग भने ।

साभारः अनलाइन खबरबाट

दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते

तुलसीपुर : दाङको तुलसीपुरमा बम विस्फोट हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका म्यादी प्रहरी विनोद चौधरीसहित नौ जना घाइते भएका छन्। घाइते मध्ये चारजना गम्भीर छन्। गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। अन्य पाँच जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइराखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाहीले जानकारी दिए। विस्फोटबाट घाइते हुने दाङ तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु बस्ने २२ वर्षीया जेनि डिसी, बबई गाउँपालिका ६ पंचकुलेका वर्ष ३६ का नेपबहादुर खत्री, म्यादी प्रहरी उरहरीका २३ वर्षीय विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ थारमारे बस्ने ४० वर्षीया देवी डिसीको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।

दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते

त्यसैगरी तुलसीपुर १९ का विनोद चौधरी, शान्तिनगर गाउँपालिका २ अम्मुवाका ५० वर्षीय हिमलाल रामजाली, बुड्कवाकी १८ वर्षीया सुनिता चौधरी, मानपुरका ४० वर्षीय बोमराज सुनार, सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाटकी ४५ वर्षीया नरभूमि बुढाथोकी घाइते भएका छन्। घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइराखेको इलाका प्रहरी प्रमुख शाहीले जानकारी दिए। निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेको समूहबाट बम विस्फोट भएकोे प्रहरीको आशंका छ। मोटर साइकलमा आएका दुई जनाको समूहले बम विस्फोट गराएको खुलेको र उनीहरुले पहिचान समेत भइसकेको प्रहरीको भनाइ छ। नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरेर तुलसीपुरको तुलसी बोर्डिङ चौकमा बम विस्फोट भएको हो। बम विस्फोट भएको स्थान सभास्थल भन्दा करिब ५ सय मिटरको दूरीमा रहेका छ। बम विस्फोट भएपछि सभामा सहभागी र बाटोमा यात्रा गरिरहेका सर्वसाधारण त्रसित बनेका थिए।

गोपाल शर्मा , साभारः अन्नपूर्ण पोष्टबाट

दर्शक नै भन्छन् 'जेसुकै होस्'

काठमाडौं : सहरको धनाढ्य शमशेरजंग थापाको छोरो विक्रम र कर्णेलकी छोरी जुलीको चिनजान केटाकेटीकालकै भए पनि जवानी बढ्दै जाँदा सम्बन्ध पनि घनिष्ट बन्दै गयो । बाबुआमाले उनीहरूको संगत र सम्बन्धबारे बेवास्ता गर्दा साथीहरूसँगै यो जोडी पनि लागूऔषध दुव्र्यसनको कुलतमा फस्न पुग्यो । आजभोलि गर्दागर्दै स्थिति भयावह बन्दै गयो । उनीहरूले विवाह त गरे तर सोचे जसरी जीवन अगाडि बढ्न सकेन । जीवनका यही उतारचढाव र सामाजिक परिवेशमा उनीहरूले बिताएका दिनचर्या नै चलचित्र ‘जेसुकै होस्’ को केन्द्रबिन्दु हो । चलचित्र अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरण पार गर्ने क्रममा छ । पन्ध्र सय जति म्युजिक भिडियो निर्देशन गरेपछि उमेश गुरुङलाई पनि ठूलो पर्दामा हाम फाल्ने रहर जाग्यो र चलचित्र बनाउने कथाको खोजीमा लागे । अन्ततः हात लाग्यो कथा ‘जेसुकै होस्’ । अनि सुरु भयो अरू जेसुकै भए पनि जेसुकै होस् बनाउने प्रक्रिया । रोशनलाई साथ लिएर उमेशले चलचित्रको निर्देशन थाले ।


दर्शक नै भन्छन् 'जेसुकै होस्'

‘बम, बारुद र गोलाले एकै पटकमा सिध्याउँछ भने कुलतले मानिसलाई पलपलमा मारिरहेको हुन्छ’, चलचित्र जेसुकै होस्को निष्कर्ष पनि यही हो । निर्देशक उमेश गुरुङले चलचित्रलाई एउटा यस्तो मोडमा ल्याएर टुंग्याएका छन् कि चलचित्र हेर्ने दर्शकले नै ‘अब के होला? ’ भन्ने प्रश्नको जवाफमा भन्ने छन्, ‘जेसुकै होस्’ । क्वालिटी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवराजजंग थापा हुन् । चलचित्रमा उमेश गुरुङ, किस्मत तामाङ, चन्दा दाहाल, रोशन श्रेष्ठ, सोनी गुरुङ, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय छ । सुरेश अधिकारी, लक्ष्मण शेष, डीआर अटु र नवराजजंग थापाको संगीतमा राजेशपायल राई, मीना निरौला, मेलिना राई, नवराजजंग थापा र सुधा रत्नको स्वर समेटिएको छ । काठमाडौं, कुरिनटार, मनकामनालगायतका स्थानमा यसको छायांकन गरिएको हो ।

‘मिल्दैन कुरै, लफडा छ पूरै के हुन्छ हुन्छ पाउँदिन सुरै’,

चलचित्रको मुख्य गीतको यही हो । गीतसंगीतमा नै रमेर म्युजिक भिडियोमा व्यस्त उमेश एकाएक चलचित्रतिर किन लागे त ? भन्छ्न्, ‘अब म्युजिक भिडियो छानेरमात्रै गर्ने हो । म्युजिक भिडियोभन्दा चलचित्र फराकिलो विधा भएकाले त्यता लागेको हुँ ।’ म्युजिक भिडियो निर्देशन पूरै नछोडे पनि अब चलचित्र निर्माण र निर्देशनलाई निरन्तरता दिने उनले बताए । आफू गीतसंगीत प्रेमी भएकाले चलचित्र निर्माणमा हात हालेको निर्माता नवराजजंग थापाको भनाइ छ ।

अनन्त वाग्ले ,साभारः अन्नपूर्ण पोष्टबाट

कुखुरापालनबाट आत्मनिर्भर

बैतडी : जिल्लाको उत्तरपूर्वी पुरचौडी नगरपालिकाको हाटकी मानमती बोहराले कुखुरापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेकी छन् । उनी करिब एक दसक अघिदेखि कुखुरापालन व्यवसायमा लागेकी हुन् । सुरुमा व्यावसायिक रूपमा कुखुरापालन नगरेको भए पनि गएको दुई वर्ष यता उनले आधुनिक खोर बनाएर व्यासायिक रूपमा कुखुरापालन गर्न थालेकी हुन् ।मानमतीलाई कुखुरापालन व्यवसायमा लाग्न सुरुमा निकै चुनौती थियो । २०६४ सालतिर तरकारीखेती र कुखुरापालन सँगसँगै गरेको मानमतीले बताइन् । उनले भनिन् ,‘मैले स्नातक तह पास गरिसकेकी थिए । केही जागिर गर्नुपर्छ भन्ने पारिवारिक मान्यता बन्न सकिन्छ भन्ने अठोटका साथ कुखुरापालन र तरकारीखेती सुरु गरेकी हुँ ।’अहिले मानमतीको खोरमा डेढ सयभन्दा बढी जातका कुखुरा छन् । उनले भनिन् ‘महिलाले पनि पेसा व्यवसाय गरेर आम्दानी गर्न सक्छन् भन्ने मैले देखाएकी छु । बिहानदेखि नै कुखुरापालन व्यवसायमा संलग्न हुने गर्दछु । यसले मेरो घरपरिवार चलाउन सजिलो भएको छ ।’

‘सुरुमा मैले कुखुरापालन व्यवसाय गर्दा यसले के गर्न सक्ला भनेर कुरा काट्ने पनि धेरै थिए । तर, मैले मेरो आत्मविश्वासलाई ढल्न दिइन । अहिले कुखुरापालन व्यवसायबाटै मासिक २० हजारको हाराहारीमा कमाउँछु । चौध हजार जति मासिक बचत हुन्छ’,मानमतिले भनिन्, ‘कुखुराको बजार पनि राम्रो छ । पहिलापहिला अण्डा खान नमान्नेले पनि अहिले कुखुरा किन्ने गरेका छन् ।’पोल्ट्री फर्म नै दर्ता गरेर कुखुरापालन व्यवसाय थालेको मानमतीले बताइन् । स्नातक तहसम्मको शिक्षा हासिल गरेर ग्रामीण नमुना कृषक बनेकोमा उनी निकै खुसी छन् । उनले भनिन् ,‘शिक्षा आर्जन गर्नु जागिर लागि मात्रै होइन् । पढेलेखेका मानिस कृषि कर्ममा लागेमा यसले कृषि क्षेत्रमा पनि सुधार हुनेछ ।सायद मैले स्नातक तहसम्म नपढेको भए म नमुना कृषक बन्ने थिइन कि ? ’घरमै खोर बनाएर गिरिराज, न्यू हेम्सायर र स्थानीय जातका कुखुरा पालेर मनग्ये आम्दानी गर्न थालेको उनले बताइन् । उनले भनिन् ‘मैले कुखुरापालन र तरकारीखेतीका लागि पोषणको क्षेत्रमा काम गर्ने सुआहारा कार्यक्रमबाट तालिम लिए । सोही तालिमले मलाई व्यावसायिक किसान बनाएको हो ।’मानमतीका श्रीमान डम्मर कुँवर पेसाले स्वास्थ्यकर्मी हुन् । कार्यालय बाहेकको समयमा उनले पनि कुखुरापालन व्यवसायमा सहयोग गर्दै आएका छन् । उनले भने, ‘हामी दुवैजना मिलेर कुखुरापालन व्यवसाय गरिरहेका छौं ।’सुरुमा लगानी धेरै गर्नु परे पनि अहिले कुखुरा र अण्डाबाट आम्दानी हुन थालेको बोहराले बताइन् । ‘कुखुराको बजार भाउ पनि राम्रो छ’, बोहराले भनिन्, ‘कुखुरालाई रोग नलाग्ने हो भने कुखुरापालनबाट मनग्ये आम्दानी गर्न सकिने देखिएको छ ।’

गाउँमा व्यवसाय गर्दा केही चुनौती छन् । कुखुरामा देखिने विभिन्न रोगलेले सताउने गरेको छ । प्राविधिक र औषधि अभावमा समस्या झेल्दै आएको उनले बताइन् । कुखुरापालन व्यवसायलाई बढाउने सोच बनाए पनि सरोकारवाला निकायबाट सहयोग नपाएको उनको गुनासो छ । किसानलाई प्रोत्साहन गर्न र व्यवसाय सञ्चालन गर्न सरकारले विभिन्न अनुदानका योजना ल्याए पनि वास्तविक किसानसम्म पुग्न नसकेको बोहराको गुनासोे छ । ‘केही गरौ भन्ने सोच बनाएका किसानले सहयोग पाउदैनन्’, उनले भनिन्,‘भनसुन र सोर्सपोर्सको भरमा अनुदान वितरण गरिँदा मेहनत गर्ने किसान मारमा परेका छन् ।’व्यावसायिक कुखुरापालनमा उनले करिब ६ लाख लगानी गरेका छन् । खोर निर्माणदेखि चल्ला र दानाको लागि उक्त रकम लगानी गरेकी हुन् । उनको लगानीअनुसार आम्दानी पनि हुन थालेको छ । घरमै अन्य घरधन्दा गर्दै कुखुरा फार्म सञ्चालन गरेपछि उनको आर्थिक अवस्था सुधारिँदै गएको छ। घरको आर्थिक अवस्था सुधार्न पुरुष मान्छेले मात्रै सक्छन् भन्ने भनाइलाई चुनौती दिन गाउँमै व्यवसाय सञ्चालन गरेको बोहराले बताइन् । व्यवसाय गर्नेलाई गाउँमै अवसर भएको उनको भनाइ छ । छोटो समयमै आफ्नै मिहेनतले उनी गाउँमै उदाहरणीय कृषकको रुपमा अग्रसर भएकी छन् । श्रम गर्ने सके देशकै माटोमा रोजगारी मिल्ने उनको आफ्नै अनुभव छ । उनले भनिन् ‘महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक आयआर्जनका क्रियाकलापमा संलग्न गराउनु आवश्यक छ ।’

भगीरथ अवस्थी, साभारः अन्नपूर्ण पोष्टबाट

मतदातालाई देउताको ‘कसम’

जुम्ला : चन्दननाथ नगरपालिका-१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए । तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए । देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए । आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए । त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ-बायाँ गर्दैनौं ।’

मतदातालाई देउताको ‘कसम’ - Dhami ,Updated Samachar Online

चन्दननाथ-८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् । ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि !’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् । ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ । त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’ स्थानीय तह निर्वाचनमा पनि दलहरूले घन्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् । मौन अवधिका बेला मतदाताको घरदैलोमा पुगेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई देउताको कसम खुवाएर मत दिन वाचा गराएका छन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताले विभिन्न उपाय अपनाउने गरेका छन् । यसपालिको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कुल देउताको कसम नै खुवाएका हुन् ।

जुम्लालगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कुल देउतामा विश्वास गर्छन् । स्थानीयले देउतालाई साक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलले यो उपाय अपनाएका हुन् । यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए । ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाई समेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन् । देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदाताले समेत वाचाअनुसार नै मत दिने विश्वास दललाई दिलाएका छन् । वाचाअनुसार काम नगर्दा देउता रिसाउने र अनर्थ हुने भन्दै वाचाअनुसार काम पूरा गर्ने स्थानीय बासिन्दा बताउँछन्। आइतबार हुने निर्वाचनअन्तर्गत जुम्लामा वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा क्षेत्र रहेको जुम्लामा मौन अवधिको फाइदा उठाउँदै दलले मतदातालाई आकर्षित गरेका हुन् । वाम गठबन्धन जुम्लाका प्रचार सचिव राजकुमार शाहीले भने, ‘चुनाव जित्नकै लागि लड्ने हो, सबैले आ-आफ्ना उपाय लगाइरहेका छन् । यहाँको सामाजिक संरचनाअनुसार देउतामा विश्वास गर्नेको संख्या धेरै छ, मतदातालाई प्रभावित पारेर जित्न उम्मेदवारले घन्ट नै छुन लगाएका छन् ।’ उनका अनुसार घरदैलो अभियानमा रहेका दलका कार्यकर्ता र उम्मेदवारले घरमुलीलाई घन्ट छुवाउने गरेका छन् । घरमुलीको सल्लाहमा परिवारका अन्य सदस्यले मत खसाल्ने भएकाले पनि दलले घरमुलीलाई नै देउता साक्षी राखेर वाचा खुवाउने गरेका हुन् ।

यस्तै, उम्मेदवारहरू अन्तिम समयमा आएर स्थानीय धामी, झाँक्री र गाउँका अगुवाको शरणमा पुगेका छन् । स्थानीयले गाउँका धामीको विश्वास गर्ने र धामीले भनेको सहज रूपमा मान्ने भएकाले पनि यतिबेला उम्मेदवारहरू उनीहरूको शरणमा पुगेका हुन् । भोट बैंकका रूपमा रहेका धामी र गाउँका अगुवालाई प्रभावित बनाउँदै चुनाव जित्ने रणनीतिमा यहाँका उम्मेदवार लागेका छन् । स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आफूहरूले यसपालि पनि मतदातालाई रिझाउन देउता साक्षी राखेर मत मागेको एमालेका एक कार्यकर्ताले बताए ।

ललितबहादुर बुढा/गोविन्द देवकोटा , साभारः अन्नपूर्ण पोष्टबाट

एक्लो तेस्रोलिंगी मतदाता

प्युठान : प्युठानमा यसपटक निर्वाचनमा एक जना तेस्रोलिंगी मतदाता छन्। हेर्दा महिलाजस्तै, पहिरन पनि महिलाकै तर बोली सुन्दा पुरुष। उनी हुन्, प्युठान नगरपालिका-३ स्थित विजयनगर रातामाटाकी हीराकुमारी कुमाल। उनको निर्वाचन क्षेत्र १ नम्बरमा पर्छ। उनले मुक्ति मावि रातमाटा मतदान केन्द्रबाट भोट दिन्छिन्। ४९ वर्षीया कुमालले तेस्रो पटक भोट गर्न लागेकी हुन्। उनले यसअघि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा भोट गरेकी थिइन्। भोट दिएर नेतालाई जिताए पनि आश्वासन पूरा नगरेको उनको गुनासो छ। ‘घरमा एक्लै बस्छु', उनी भन्छिन्, ‘कसैको सहारा छैन। जीवनभर एक्लै बस्नुपर्ने होला। न जागिरका लागि योग्य छु न त भरपर्दो आम्दानी छ। कसरी जीवन चलाउने ? '

एक्लो तेस्रोलिंगी मतदाता

उनले स्थानीय तह निर्वाचनमा भोट माग्न आएका उम्मेदवारहरुसँग जागिरको माग गरेकी रहिछन्। ‘जितेपछि कार्यालय परिसरमा फूल लगाउने जागिर दिन्छु भन्नुहुन्थ्यो', उनी भन्छिन्, ‘तर, कसैले हेर्नुभएन।' कुनै संघसंस्था, कार्यालयमा काम गरेर कमाइ गर्ने उनको धोको छ। घरका आठ भाइ-बहिनीमध्ये उनी माइली छोरी हुन्। पाँच छोरा र तीन छोरीमध्ये उनी मात्र फरक खालको जन्मिएकी हुन्। ‘गाउँमा कसै-कसैले हेला गरेर बोलाउने गर्छन्', उनी दुःखेसो सुनाउँछिन्, ‘मेरो जन्मै यस्तै भयो। यसमा मेरो के दोष थियो र ? बाहिर निस्किँदा हेपाहा नजरले हेर्छन्।' उमेर छँदासम्म काम गरेर ज्यान पाल्ने उनको सोच रहेछ। भन्छिन्, ‘बूढेसकाल लागेपछि कसरी बाँच्ने होला भन्ने चिन्ता लागिरहन्छ।' उनी अनपढ छिन्। अरूले गरेको फोन मात्र उनले उठाउन जानेकी छन्। तर, आफैं नम्बर डायल गरेर फोन गर्न जान्दिनन्। ‘प्रौढ शिक्षा पढ्न गएँ', उनी भन्छिन्, ‘जति पढे पनि आएन।' यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्युठानमा एक लाख ३८ हजार ६ सय ४१ जना मतदाता छन््। यसमध्ये ७२ हजार ६ सय एक महिला र ६६ हजार ३९ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। एक जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले बताए।

केशर रोका,साभारः अन्नपूर्ण पोष्टबाट

मतपेटिका ल्याउँदै गर्दा बम विस्फोट

जाजरकोट : जाजरकोटमा मतपेटिका बोकेको टोलीलार्इ लक्षित गरी बम विस्फोट गराइएको छ ।  कुसे गाउँपालिका-1 रुरुखोला नजिकै बाटोमा बिछ्याइएको कुकर बम वस्फोट भएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

मतपेटिका ल्याउँदै गर्दा बम विस्फोट

मतपेटिका बोकेका सुरक्षाकर्मी र कर्मचारीलार्इ लक्षित गरी गराइएको विस्फोटबाट बमका छर्राले केही सुरक्षाकर्मीलार्इ लागेपनि कुनै चोटपटक नलागेको  बताइएको छ । टोलीले ५ वटा मतदान केन्द्रका मतपेटिका ल्याइदै गरेको डीएसपी रिमालले बताए ।

राजेन्द्र कार्की, साभारः अन्नपूर्ण पोष्टबाट

विराटनगरमा शंकास्पद् वस्तु फेला

विराटनगर :  विराटनगर ४ स्थित एयरपोर्टछेउ नजिकमा रहेको हाम्रो अस्पतालनजिकै शंकास्पद वस्तु फेला परेको छ । रातो कपडामा बाधिँएको अवस्थामा रहेको वस्तु बम भएको आशंका गरिएको छ ।  उक्त स्थानलाई सेना र प्रहरीले नियन्त्रणमा लिई डिस्पोजल गर्ने काम भइरहेको छ । कोशीराजमार्गअन्र्तगत उक्त क्षेत्रमा सवारी साधन रोकमा रोकसमेत लगाइएको छ ।

किशोर बुढाथोकी , साभारः अन्नपूर्ण पोष्टबाट

मधेसमा शीर्षस्थ नेताको घर आगाडी बम विस्फोट

बर्दिबास : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ। महोत्तरीस्थित भण्डारीको औरहीस्थित घरमा बम पड्काइएको हो। उनको निवासअगाडि आइतबार बिहान २ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।‘भण्डारीको घरअगाडीको रहेको उनको पोखरीको डिलमा सो विस्फोट भएको हो। बम बिस्पोटले कुनै क्षति भएको छैन' उनले भने। भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उमेदवार छन्। हिजो साँझ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोको डेरा अगाडी जनकपुरमा बम बिष्फोट गराएको थियो। महतो धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उमेदवार हुन्। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र महतोसंग चुनावी प्रतिस्पर्धाको माहौल तातिरहेको बेला बम विस्फोट भएको हो।

मधेसमा शीर्षस्थ नेताको घर आगाडी बम विस्फोट

हिजो मात्रै पशुपंक्षी विकास राज्य मन्त्री एवं कांग्रेस क्षेत्र १ का उमेदवार शम्भुलाल श्रेष्ठको लालबन्दी नगरपालिका—१७ रानीगंजस्थित घरमा शनिबा प्रेसर कुकर बम विस्फोट गराइएकोे छ। घरको कम्पाउण्ड वाल बाहिरपट्टी राखेर बम विस्फोट गराइएको थियो। बम विस्फोट हुँदा मन्त्री श्रेष्ठ घरमै थिए। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो। विष्फोटले कम्पाउण्ड वालको सानो हिस्सा भत्किएको छ। विष्फोटबाट अन्य कुनै क्षति भएको छैन। दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिएपछि महोत्तरी, धनुषा, सर्लाही, रौत्तटमा अज्ञात समूहले योजनाबद्ध रुपमो बम विस्फोट गराएको छ। लागातार बम विस्फोट हुन थालेपछि चुनाव प्रचारप्रसारमा हिँडेका उमेदवार, नेता तथा कार्यकर्ताहरु आतंकित बनेका छन्। श्रृखलाबद्ध रुपमा आज्ञात समूहले बम बिस्फोट गराउन थालेपछी सुरक्षा चुनौती थपिएको छ। प्रहरीले सुरक्षा बलियो रहेको दावी गरेका छन्।

राजकरण महतो , साभारः अन्नपूर्ण पोष्टबाट

केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

दमक : झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए ।झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ । कुन बम विस्फोट भएको र कसले गराएको भन्ने बारे अनुसन्धान भइरहेको बम विस्फोट गराउनेको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ प्रहरीले दमकको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

लोकनाथ रिजाल,साभारः अन्नपूर्ण पोष्टबाट

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर

सिरहा : सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो। प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए।

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर- Updated Samachar Online

उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगेको बताए। उनका अनुसार प्रहरी जवान यादव अवस्था चिन्ताजनक छ। रातो रंगको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

साभारः अन्नपूर्ण पोष्टबाट

घोडाबाट लडेर घाइते भइन् कंगना

छायांकन भैरहेको चलचित्र ‘मणिकर्णिका’को सेटमा नायिका कंगना रनावत घाइते भएकी छिन् । चलचित्रको छायांकनमा व्यस्त कंगना रनौत घोडाबाट लडेर घाइते भएकी छिन् । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।

घोडाबाट लडेर घाइते भइन् कंगना

उनले केही दिन अब ह्वील चेयरको सहारामा मात्रै हिडडुल गर्नुपर्ने भारतीय मिडियाले जनाएको छ । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । कंगना घाइते भएपछि चलचित्रको छायांकन प्रभावित भएको छ ।

साभारः अनलाइन खबरबाट

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् । उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक-पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् । विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ ।उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

साभारः अनलाइन खबरबाट

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेपछि झडप भएको थियो ।झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले स्थिति सामान्य भइसकेको छ ।

साभारः अनलाइन खबरबाट

हट दृश्य बाहिरिएपछि ‘जुली २’ हिरोइन तनावमा

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण कुनै समय चर्चामा रहेकी नायिका राय लक्ष्मीले हिन्दी चलचित्र ‘जुली-२’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चलचित्र रिलिज अघि नै केही इन्टिमेट दृश्य अनलाइन मार्फत बाहिरिएको छ । केहि दृष्य बाहिरिएपछि आफू तनावमा रहेको भन्दै उनले ट्वीट गरेकी छिन् । ट्विटमा उनले लेखेकी छिन्-‘यो के हुँदैछ । म निकै चिन्तित छु ।’

एक लोकपि्रय इन्टरटेनमेन्ट वेभसाइटका अनुसार तीन मिनेटको भिडियो क्लिप्स बाहिरिएको छ । एक क्लिपमा राय लक्ष्मी निकै हट देखिएकी छिन् । अर्को क्लिपमा उनले लिपलक गर्दै गरेको देखिन्छ । दिपक शिवदासानी निर्देशित चलचित्र ‘जुली-२’ सन् २००४ मा बनेको ‘जुली’को सिक्वेल हो । राय लक्ष्मीले यस अघि ‘कुंडक्का मंडक्का, धरमपुरी, रक अन रोल, परुंथ, चट्टमबिनाडु, कंचना’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

साभारः अनलाइन खबरबाट

बिराट कोहली र अनुष्काले डिसेम्बरमा बिहे गर्ने चर्चा

भारतीय क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीच विवाहको चर्चा फेरि चल्न थालेको छ । भारतीय मिडियाका अनुसार उनीहरुले यही डिसेम्बरमा बिवाह गर्ने तयारी गरेका छन् ।कोहलीले दिल्लीको आफ्नो घरमा र अनुष्काले मुम्बईको घरमा विहेको तयारी सुरु गरिसकेको समाचारमा उल्लेख छ । दुवै घरमा यतिबेला रौनक छाएको छ । हालै मात्र फेसन डिजाइनर सव्यसाची आफ्नो टिमका साथ अनुष्काको घर गएका थिए । उनले त्यहाँ निकै लामो समय बिताए । उनले अनुष्काको लागि बिहेको ड्रेस डिजाइन गरिरहेको बताइन्छ ।

बिराट कोहली र अनुष्काले डिसेम्बरमा बिहे गर्ने चर्चा

केही दिन अगाडि बिराट कोहलीले डिसेम्बर महिनामा आफ्नो टिमबाट छुट्टी मागेको समाचार आएको थियोउ । उता अनुष्का पनि अहिले चाँडोभन्दा चाँडो शाहरुख खानसँगको फिल्मको सुटिङ सिध्याउन जुटेकी छिन् ।शाहरुखले पनि अनुष्काको परिस्थितिलाई मध्यनजर गर्दै अतिििरक्त समय सुटिङलाई दिइरहेका छन् ।विवाहपछि उनीहरु मुम्बईको बरली इलाकामा सिफ्ट हुने बताइएको छ । त्यहाँ उनीहरुले लगभग ३४ करोडको एउटा फ्ल्याट खरिद गरेका छन् । यसअघि गत वर्ष पनि बिराट र अनुष्काको बिहेको चर्चा चलेको थियो । गत वर्षको डिसेम्बर महिनामा उनीहरुबीच ईंगेजमेन्ट समेत भएको खबर भारतीय मिडियाले प्रकाशित गरेका थिए । त्यसको खण्डन गर्दै बिराटले आफूहरुबीच इंंगेजमेन्ट नभएको प्रष्टोक्ति दिएका थिए ।

साभारः अनलाइन खबरबाट

‘मिस वर्ल्ड’ले कती कमाउँछन्, जान्नुहोस् ?

भारतकी मानुषी छिल्लरले यो बर्षको ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो । तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार भनेको क्राउन नै हो । यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । यो क्राउनको मुल्य २ देखि ५ करोडसम्म पर्ने भारतीय मिडियामा उल्लेख छ ।

‘मिस वर्ल्ड’ले कती कमाउँछन्, जान्नुहोस् ?

यस्तै, भारतीय मिडियाका अनुसार ‘मिस वर्ल्ड’ले नगद पुरस्कार १० करोड रुपैयाँ पाउँछन् । यी बाहेक, थुप्रै ब्रान्डबाट अफर, विश्वको हरेक देश घुम्न पाउँछन् । विश्व सुन्दरी भएसँगै भारतका सुन्दरीलाई बलिउडमा प्रवेश गर्ने सुनौलो अवसर पनि मिल्नेछ ।

साभारः अनलाइन खबरबाट

मोनाली ठाकुरको कन्सर्ट काठमाण्डौमा

अहिले बलिउडका कलाकार, गायक-गायिकाहरु नेपाल आउने क्रम जारी छ । बलिउडका स्टारदेखि चर्चित गायक-गायिकाले नेपाली दर्शक झुमाइसकेका छन् । अब, चर्चित गायिका मोनाली ठाकुरले पनि काठमाण्डौ तताउने भएकी छिन् । डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउनेछिन् । पर्फ]{ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा आयोजना हुनेछ ।

मोनाली ठाकुरको कन्सर्ट काठमाण्डौमा

बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ । साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् ।

साभारः अनलाइन खबरबाट

एउटा लौकाको मूल्य ४५० रुपैयाँ

सिरहा : एउटा लौका ४५० रुपैयाँमा बिक्री भएको सुन्दा विश्वास गर्न कठिन हुन्छ। धेरैले त मजाकको रुपमा लिन्छ। तर, सिरहा नगरपालिका १२ सारश्वरस्थित मस्जिदमा एक व्यक्तिले चढाएको लौका डाक मार्फत चार सय ५० रुपैयाँमा बिक्री भएको छ। यहाँको मुस्लिम समुदायको खेतबारीमा कुनै नयाँ फल फल्यो भने पहिलो फल मस्जिदमा चढाउँछ। सोही चलन अनुसार स्थानीय अजमत खाँले आफ्नै बारीमा फलेको पहिलो लौका मस्जिदमा चढाए। मस्जिदले उक्त लौका डाक मार्फत ४५० रुपैयाँमा बेचेको स्थानीय अकबर मियाँले बताए।

उनका अनुसार लौकाको डाक बढाबढ भएपछि मो. कादिरले खरिद गरेका हुन्। सुरुमा मो. राजाले लौका खरिद गर्ने इच्छा जाहिर गरेका थिए। तर, उनले लौकाको मूल्य मात्र ४ सय रुपैयाँमा किन्ने बताए। त्यसपछि कादिरले आफू ४५० रुपैयाँ तिर्ने बताएपछि लौका किन्न भ्याए। मुस्लिम समुदायका व्यक्तिको खेतवारीमा फल्ने पहिलो फल मस्जिदमा जढाउँदा डाक मार्फत बिक्री गर्ने गरेको र हुने आम्दानी मस्जिदको संरक्षण तथा विकासमा लगाउने गरेको स्थानीय अब्दल रहमानले बताए। उनका अनुसार यसरी डाक मार्फत् मस्जिदले फलफूल विक्री गरेर बर्षेनी लाखौं रुपैया आम्दानी गर्छ।

सन्तोष यादव शुक्रवार, मंसिर ८, २०७४, साभारः अन्नपूर्ण पोष्टबाट

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, विचाैलिया पक्राउ

२१ कात्तिक, कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ परेका राजापुर-१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।

२०७४ कार्तिक २१ गते १३:२९ मा प्रकाशित